back

एनएमबी बैंकको खुद नाफा ४ अर्बभन्दा बढी , वितरणयोग्य नाफा कति?

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष नाफा, ब्याज आम्दानी र कुल व्यवसाय विस्तारमा उत्साहजनक सुधार देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको आम्दानी र नाफा दुवै सूचकमा राम्रो वृद्धि भएको छ। बैंकले गत असार मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा यो ४०.६० प्रतिशतको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको नियम अनुसार विभिन्न कोषहरूमा रकम छुट्ट्याएपछि बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। नियमनकारी समायोजन र अघिल्लो वर्षको सञ्चित नाफा समायोजन पश्चात् कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ कायम भएकोमा अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश घटाएपछि साधारण शेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध रहेको छ। यस अनुसार साधारण शेयरधनीहरूका लागि प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ।

बैंकले आफ्नो व्यवसाय विस्तार र वासलातको आकार थप विस्तार गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकले ग्राहकहरूलाई प्रवाह गरेको कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

बैंकको निष्कृय कर्जा समीक्षा अवधिमा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। यद्यपि, सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत कायम गरिएकाले जोखिम व्यवस्थापन बलियो बनाइएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:१६

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १२:११

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०९

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०४

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक,...

सिद्धार्थ बैंकको खुद नाफा साढे ३ अर्ब नाघ्यो , वितरणयोग्य नाफा कति?

सिद्धार्थ बैंकको खुद नाफा साढे ३ अर्ब नाघ्यो , वितरणयोग्य नाफा कति?

वि.सं.२०८३ साउन १९ मंगलवार ११:४८

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ साउन १८ सोमवार १८:१४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...