निषेधाज्ञा खुकुलो बनाईयो, उपत्यकामा मास्क लगाएर हिँडडुल गर्न पाइने, पसल ११ बजेसम्म खुल्ने
वि.सं.२०७८ जेठ ३० आइतवार
काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेबाट निषेधाज्ञा खुकुलो बनाईएको छ । अब उपत्यकामा मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ भने खाद्यन्न तथा तरकारी पसल विहान ११ बजेसमम खोल्न पाइने भएको हो । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको आज बसेको बैठकले यस्तो सहमति गरेको हो ।
गत वैशाख १६ गतेबाट जारी रहेर पछिल्लो पटक थप गरिएको निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी छ । निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलेपनि खासै खुकुलो नभएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । उनले भने,“अहिल्यै त्यति खासै खुकुलो हुँदैन । निजी गाडीहरूपनि चल्दैनन् । विस्तृत कुरा प्रशासनले सार्वजनिक गर्ला ।” प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।
२०७८ जेठ ३० गते प्रकाशित
प्रकाशित समय : १०:३६ बजे





















