back

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने निर्णय गरेको छ। उक्त कर कार्यान्वयन गर्दा आमनागरिकमा थप आर्थिक भार पर्ने र निराशा छाउने देखिएकाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णय फिर्ता लिइएको हो।

दुर्गम क्षेत्रका नागरिक, दलित, सीमान्तकृत तथा विपन्न बालबालिकाका लागि शैक्षिक र स्वास्थ्य सहयोग जुटाउने, स्वास्थ्य बीमा विस्तार गर्ने र करको दायरा बढाउने उद्देश्यले ३% समता शुल्कको अवधारणा ल्याइएको थियो। तर, यसप्रति नागरिक तहबाट आएको प्रतिक्रिया र असन्तुष्टिलाई गम्भीरतापूर्वक लिँदै सरकारले आफ्नो निर्णय परिमार्जन गरेको छ।

“यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो। हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो।”

सरकारले नागरिकका माग र भावनालाई मध्यनजर गर्दै समतामूलक समाज निर्माणका लागि आफ्ना प्रतिबद्धता अटल रहने जनाएको छ। नागरिकको हितलाई नै केन्द्रमा राखेर निर्णय गरिने र कुनै निर्णयमा असन्तुष्टि देखिएमा सुधार्न सधैँ तयार रहने नीति सरकारले लिएको छ।

१०% नि:शुल्क सेवा पारदर्शी रूपमा कार्यान्वयन गरिने

समता शुल्क फिर्ता भए पनि विपन्न र गरिब नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले विकल्प अघि सारेको छ।

  • स्वास्थ्य क्षेत्र: निजी अस्पतालहरूमा कुल बेडको १०% बेड विपन्न नागरिकका लागि छुट्याइने।

  • शिक्षा क्षेत्र: निजी क्याम्पस तथा विश्वविद्यालयहरूमा १०% सिट पूर्ण रूपमा पारदर्शी र न्यायोचित ढङ्गले उपलब्ध गराइने।

यी नीतिहरूलाई कडा र पारदर्शी रूपमा कार्यान्वयन गर्दै सबैका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

वि.सं.२०८३ साउन ४ सोमवार १८:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक...

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

वि.सं.२०८३ साउन ४ सोमवार १४:१८

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा...

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

वि.सं.२०८३ साउन ४ सोमवार १३:२६

काठमाडौं । पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...