back
himalayan life

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा प्रारम्भिक पूर्वाधार व्यवस्थापनका कामहरू सुरु भएका छन् । उद्योगलाई ब्युँताउने सरकारी नीति अनुरूप अहिले उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको काम तीव्र पारिएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार हाल उद्योगभित्र प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको छ । वर्षौंदेखि उद्योग परिसरमा थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने कार्यसँगै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् प्रसारण तथा जडानको काम पनि सँगसँगै अघि बढाइएको भण्डारीले जानकारी दिए ।

नेपाली सेनाको टोलीले मेसिन र भवनको प्राविधिक मूल्याङ्कन गर्ने

पहिलो चरणको सरसफाइ र विद्युत् आपूर्तिको काम पूरा भएपछि उद्योगभित्र रहेका भौतिक संरचना र मेशिनरीहरूको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ । लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणहरूको वास्तविक अवस्था कस्तो छ भन्नेबारे अध्ययन गर्न आवश्यक रहेको सूचना अधिकारी भण्डारीले बताए ।

उक्त प्राविधिक अध्ययन र निरीक्षणका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए । सेनाको टोलीले गर्ने प्राविधिक परीक्षण र मूल्याङ्कनपछि मेसिनहरूको मर्मत सम्भारको प्रक्रिया अघि बढाइनेछ ।

स्वदेशी उत्पादनको धरोहर: २०५६ देखि पूर्ण ठप्प

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको हेटौँडा कपडा उद्योग मुलुककै पुराना र ऐतिहासिक सरकारी उद्योगहरूमध्ये एक हो । वि.सं. २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस उद्योगले एक समय स्वदेशी कपडा उत्पादन र आपूर्तिमा मुलुकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो ।

आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुँदा यस उद्योगले १ हजार २०० भन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको थियो । तर, विविध व्यवस्थापकीय तथा प्राविधिक कारणले गर्दा वि.सं. २०५६ सालदेखि यो उद्योग पूर्ण रूपमा बन्द हुन पुगेको थियो ।

सरकारले देशका बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन गर्ने नीति अघि सारेसँगै हेटौँडा कपडा उद्योगमा पनि चहलपहल सुरु भएको हो । चरणबद्ध रूपमा अघि बढाइएको यस कार्यले पूर्णता पाएमा मुलुकको औद्योगिक क्षेत्र र रोजगारी सिर्जनामा ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...

कजारिया रमेश टायल्सको बजार विस्तार, मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ उद्घाटन

कजारिया रमेश टायल्सको बजार विस्तार, मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ उद्घाटन

वि.सं.२०८३ असार २९ सोमवार १५:१८

मोरङ । नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले...

२८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

२८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

वि.सं.२०८३ असार २९ सोमवार ११:३५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार २९ सोमवार १०:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

वि.सं.२०८३ असार २८ आइतवार १३:२६

काठमाडौं । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन...

सुनको मूल्य सामान्य बढ्यो

सुनको मूल्य सामान्य बढ्यो

वि.सं.२०८३ असार २८ आइतवार १३:१९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ...