कजारिया रमेश टायल्सको बजार विस्तार, मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ उद्घाटन
वि.सं.२०८३ असार २९ सोमवार
मोरङ । नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच विस्तार गर्दै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा सञ्चालनमा आएको यो आधुनिक शोरूमले मोरङ तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल टायल्स, फ्लोर टायल्स तथा बाथवेयरका समाधान उपलब्ध गराउने कम्पनीले जनाएको छ।
शोरूमको औपचारिक उद्घाटन असार २५ गते कम्पनीका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको उपस्थितिमा सम्पन्न भएको हो।
आधुनिक र ग्राहक–मैत्री ढाँचामा निर्माण गरिएको शोरूममा ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका डिजाइन, टेक्सचर र फिनिसिङ प्रत्यक्ष अवलोकन गरी आफ्ना व्यक्तिगत तथा व्यावसायिक परियोजनाका लागि उपयुक्त सामग्री छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधिले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको साझेदारीले मोरङ तथा आसपासका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्यलाई थप सुदृढ बनाएको बताए। शोरूममार्फत ग्राहकहरूले आधुनिक, आकर्षक र टिकाउ टायल्सका विविध विकल्प एकै स्थानमा प्राप्त गर्न सक्ने उनको भनाइ थियो।
हाल सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आइसकेको यस शोरूममा नयाँ तथा अत्याधुनिक टायल्स र बाथवेयरका कलेक्सन उपलब्ध छन्। कम्पनीले कञ्चनबारी तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई शोरूममा पुगेर नवीनतम उत्पादनहरूको अवलोकन गर्न आग्रह गरेको छ।
कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै अत्याधुनिक प्रविधियुक्त टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले सुपरब्रान्ड्स २०२५, एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड लगायतका अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ भने आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणीकरणसमेत हासिल गरेको छ।
हाल कम्पनीको नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा रहेका छन्। ३,००० भन्दा बढी आधुनिक डिजाइनका टायल्स तथा बाथवेयर उत्पादनमार्फत कजारिया रमेश टायल्सले आवासीय र व्यावसायिक निर्माण क्षेत्रमा गुणस्तरीय तथा टिकाउ समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रकाशित समय : १५:१८ बजे






















