back
himalayan life

जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण, अधिकांश जिल्लामा नियन्त्रण भए पनि उपत्यका र काभ्रेमा जोखिम 

काठमाडौं । देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी छ ।

जनघनत्व बढी भएका क्षेत्र तथा कुखुरा पालन व्यवसायको विस्तार भएका स्थानमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । विशेषगरी काठमाडौं उपत्यका आसपासका क्षेत्रमा कुखुरा फार्मको संख्या धेरै हुनु र बजारको चाप उच्च रहनुले संक्रमण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ ।

वर्डफ्लु कुखुरा तथा अन्य पन्छीमा लाग्ने संक्रामक रोग हो । संक्रमित पन्छीबाट अन्य पन्छीमा सजिलै फैलिन सक्ने भएकाले समयमै पहिचान, संक्रमित पन्छीको व्यवस्थापन र जैविक सुरक्षा उपाय अपनाउनु नियन्त्रणको मुख्य आधार मानिन्छ ।

पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा देखिएको संक्रमण अहिले नियन्त्रणमा आइसकेको छ । तर काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमणको अवस्था अझै निगरानीमा रहेको विभागले जनाएको छ ।

संक्रमित क्षेत्रको स्थलगत अनुगमन गरी संघीय तथा स्थानीय सरकारको समन्वयमा आवश्यक नियन्त्रणका काम अघि बढाइएको छ । विभागको तथ्याङ्कअनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा र दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ ।

सरकारले संक्रमित क्षेत्र पहिचान गरी कुखुरा तथा अण्डाको ओसारपसारमा निगरानी बढाएको छ । साथै कुखुरा व्यवसायीलाई फार्ममा जैविक सुरक्षा अपनाउन, बाहिरी व्यक्तिको आवतजावत नियन्त्रण गर्न, नियमित सरसफाइ गर्न र अस्वस्थ पन्छी देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

विज्ञहरूका अनुसार वर्डफ्लु नियन्त्रणका लागि त्रासभन्दा सचेतना आवश्यक छ । संक्रमित पन्छीको वैज्ञानिक व्यवस्थापन, सुरक्षित उत्पादनको प्रयोग र उपभोक्ताको सावधानीले संक्रमणको जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ ।

स्वास्थ्य विज्ञहरूले राम्रोसँग पकाएर खाएको कुखुराको मासु र अण्डाबाट सामान्य अवस्थामा संक्रमणको जोखिम अत्यन्त न्यून हुने बताएका छन् । उनीहरूले नागरिकलाई अनावश्यक त्रसित नभई सावधानी अपनाउन आग्रह गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

वि.सं.२०८३ असार २४ बुधवार १९:४९

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

वि.सं.२०८३ असार २४ बुधवार १०:२०

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको...

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

वि.सं.२०८३ असार २३ मंगलवार १९:२१

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक...

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार २३ मंगलवार १३:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

वि.सं.२०८३ असार २३ मंगलवार १२:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा...