back
himalayan life

सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले पूँजीबजारको वर्तमान अवस्थालाई केवल एउटा कारणसँग जोडेर व्याख्या गर्न नसकिने बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप तथा लगानीकर्ताको मनोविज्ञानजस्ता विभिन्न पक्षले बजारलाई असर गरिरहेको उनको भनाइ छ ।

उनले विगतमा सेयर बजारमा सीमित व्यक्तिको पकड रहेको र इन्साइडर ट्रेडिङ भएको भन्ने चर्चा बजारमा व्यापक रूपमा रहेको उल्लेख गर्दै त्यसका केही प्रभाव अहिले पनि देखिन सक्ने बताए । ‘म यो कुरा शतप्रतिशत हो भनेर भन्न सक्दिनँ, तर बजारमा त्यस्ता चर्चा भइरहेका थिए । पहिले बजारमा भूमिका खेल्ने केही समूह अहिले सक्रिय हुन नपाउँदा पनि बजारमा त्यसको प्रभाव परेको हुन सक्छ,’ उनले भने ।

अधिकारीका अनुसार साना लगानीकर्ताले दुई–तीन लाख वा चार लाख रुपैयाँ लगानी गर्दैमा बजारको समग्र दिशा परिवर्तन गर्न सक्दैनन् । बजारको उतारचढावका पछाडि धेरै संरचनागत तथा मनोवैज्ञानिक कारण रहेको उनको विश्लेषण छ ।

उनले लगानीकर्ताको मनोविज्ञानले पनि बजारलाई प्रभाव पार्ने बताए । कतिपय लगानीकर्ताले आफ्नो असन्तुष्टि खुला रूपमा व्यक्त नगरे पनि सरकारप्रति पूर्ण विश्वासको वातावरण नबन्दासम्म लगानी विस्तार हुन नसक्ने उनको धारणा छ ।

‘सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म लगानीको वातावरण बन्दैन,’ अधिकारीले भने, ‘लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया सरल हुनुपर्छ, नीति तथा कानुन स्पष्ट र सहज हुनुपर्छ, र सरकारी संयन्त्रले लगानीकर्तालाई अनावश्यक झन्झटमा पार्नु हुँदैन ।’

उनका अनुसार लगानीमैत्री वातावरण निर्माणका लागि प्रशासनिक तथा संरचनागत सुधार अपरिहार्य छ । सरकारले पछिल्लो समय प्रशासनिक प्रक्रियामा केही सरलता ल्याउने प्रयास गरेको उल्लेख गर्दै उनले त्यस्ता सुधारलाई अझ प्रभावकारी र निरन्तर बनाउनुपर्ने आवश्यकता औंल्याए ।

अधिकारीले दीर्घकालीन रूपमा पूँजीबजारको विकासका लागि पारदर्शिता, सुशासन, नीतिगत स्थिरता र लगानीकर्ताको विश्वास सबैभन्दा महत्वपूर्ण आधार हुने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...