back
himalayan life

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् ।

नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुराकानी गर्दै उनले नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्तिपूर्ण रूपमा ब्यालेटमार्फत भएको सत्ता हस्तान्तरणलाई विश्व इतिहासकै एउटा सुनौलो अवसरका रूपमा व्याख्या गर्दै अबको मुख्य लक्ष्य सुशासन र आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

शून्य भ्रष्टाचार र सुदृढ शासकीय पद्धतिको जगमा उभिएर मुलुकलाई अगाडि बढाउन अब निर्वाहमुखी खेतीपातीलाई विस्थापित गरी व्यावसायिक कृषि प्रणाली अपनाउनुको विकल्प नरहेको उनको तर्क छ ।

देशको वर्तमान अवस्था चित्रण गर्दै बस्नेतले ६० प्रतिशत जनसमुदाय अझै पनि कृषिमा आश्रित रहेको भए तापनि १८ प्रतिशतले मात्रै व्यावसायिक खेती गरिरहेको तथ्यांक प्रस्तुत गरे । बाँकी ४२ प्रतिशत किसानहरू अझै पनि निर्वाहमुखी खेतीमै सीमित रहेकाले उनीहरू एक प्रकारले अर्ध–बेरोजगारको अवस्थामा रहेको उनले बताए । ती ४२ प्रतिशत किसानलाई व्यावसायिकतातर्फ नडोहोरÞ्याएसम्म र उनीहरूको जीवनस्तर नउकासेसम्म देशमा समतामूलक समृद्धि हासिल हुन नसक्ने उनले दाबी गरे ।

ठूला अर्थशास्त्री र विद्वानहरूको निचोड पनि रोजगारी सिर्जनामै केन्द्रित हुने भन्दै उनले कृषिलाई मुख्य आर्थिक खम्बा बनाउनुपर्नेमा जोड दिए । बस्नेतले कृषिलाई व्यवसायीकरण गर्नका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै आफुले सञ्चालन गरेको ‘आरजु राइस मिल’ले यसको सफल उदाहरण प्रस्तुत गरिसकेको दाबी गरे ।

सानो स्तरबाट सुरु गरिएको भए तापनि आरजु राइस मिलले कृषिलाई कसरी व्यावसायिक मार्गमा लैजान सकिन्छ भन्ने सूत्र स्थापित र प्रमाणित गरिसकेको उनको भनाइ छ । कृषिमा आधारित यो मोडलले नै मुलुकको बेरोजगारी समस्या समाधान गर्ने र समृद्धिको सपना साकार पार्ने विश्वास उनले व्यक्त गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

वि.सं.२०८३ असार १६ मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित...

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

वि.सं.२०८३ असार १५ सोमवार १६:५३

काठमाडौं । नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस...

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...