back

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले बुधबार काठमाडौंस्थित इप्पानको कार्यालयमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै अध्यक्ष डाँगीले संस्थाका संस्थापक, पूर्वअध्यक्ष तथा नेतृत्व तहमा रहेर संस्थालाई यहाँसम्म पुर्याउने सबैप्रति आभार व्यक्त गरे। उनले इप्पानलाई अझ सशक्त र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्दै ऊर्जा क्षेत्रका विद्यमान समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘हाम्रा संस्थापकहरू, निवर्तमान अध्यक्षहरू तथा विगत २५–२६ वर्षदेखि संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सबैलाई धेरै धेरै धन्यवाद। संस्थाको साख अझ वृद्धि गर्दै अगाडि बढ्नेछौं। ऊर्जा क्षेत्रका विभिन्न समस्याहरू समाधान गर्दै जानेछौं। विशेषगरी ‘इप्पान भिजन २०२९’ अन्तर्गत हाम्रो कार्यकालमा के–के गर्ने भन्ने प्रतिबद्धता व्यक्त गरेका छौं। त्यसलाई सूचीबद्ध गरेर कार्यसमितिबाट पारित गरी सोहीअनुसार अघि बढ्नेछौं।’

डाँगीले आफू इप्पानमा लामो समयदेखि सक्रिय रहँदै आएको उल्लेख गर्दै पूर्वअध्यक्षहरूसँग काम गर्दाको अनुभवले नेतृत्व सम्हाल्न सहयोग पुगेको बताए।

‘म तीन जना अध्यक्षसँग काम गरेर आज अध्यक्ष बनेको छु। शैलेन्द्र गुरागाईं अध्यक्ष हुँदादेखि म इप्पानमा सक्रिय थिएँ। त्यसपछि कृष्ण आचार्य र निवर्तमान अध्यक्ष गणेश कार्कीसँग पनि काम गर्ने अवसर पाएँ। चुनावका क्रममा केही विषय बाहिर आए पनि त्यसलाई अन्यथा लिनु हुँदैन। त्यो चुनावी प्रक्रियाको हिस्सा थियो। अब हामी सबै एक भएर अघि बढ्नुपर्छ। अहिले इप्पान एक ढिक्का भएको छ,’ उनले भने।

कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश कार्कीले आगामी दिनमा इप्पान र समग्र जलविद्युत तथा ऊर्जा क्षेत्रको भूमिकाप्रति सबैको चासो बढेको बताए। उनले सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको र १८० दिनभित्र थप विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयनका विषयमा अझ स्पष्टता आवश्यक रहेको धारणा राखे।

उनले भने, ‘अहिले सबैको चासो इप्पान कसरी अघि बढ्छ भन्ने मात्र होइन, समग्र जलविद्युत र ऊर्जा क्षेत्र कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि छ। सरकारले १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ। थप पीपीए १८० दिनभित्र गर्ने भनिएको छ। तर बजेटले त्यसलाई स्पष्ट रूपमा सम्बोधन गरेको छैन। अब हामीले कसरी पहल र लबिइङ गर्छौं भन्ने विषय महत्वपूर्ण छ।’

कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि सबै सदस्यबीच सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए।

‘सानो–ठूलो भन्ने हुँदैन, सबै मिलेर काम गर्नुपर्छ। टिमवर्क नै सबैभन्दा ठूलो कुरा हो। म तपाईहरूसँगै छु, तर सबैको साथ र सहयोग पनि आवश्यक छ। हामी सबै मिलेर अघि बढ्नुपर्छ। नयाँ नेतृत्वलाई बधाई दिन चाहन्छु। आगामी तीन वर्ष इप्पानलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सबै सजग हुनुपर्छ,’ उनले भने।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

वि.सं.२०८३ साउन १७ आइतवार २१:५५

काठमाडौँ । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...