back

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले शैक्षिक क्षेत्रमा कानुनी स्पष्टता नभएसम्म बैंकहरूले ढुक्क भएर लगानी गर्न नसक्ने बताएका छन् ।

राज्यले शिक्षा क्षेत्रलाई स्पष्ट नीतिमा नबाँधी केवल ’सेवाभाव’ भनेर गोलमटोल कुरा मात्रै गरिरहे बैंकहरूले यस क्षेत्रमा लगानी नगर्ने चेतावनी दिएका हुन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल डिस्कसनमा बोल्दै सीईओ ज्ञवालीले नीतिगत स्ष्टताको खाँचो औंल्याए ।

ज्ञवालीले कुल बैंकिङ लगानीको करिब ३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा रहेको जानकारी दिए। उक्त लगानी मेडिकल कलेज, म्यानेजमेन्ट कलेज र ठूलो हिस्सा विदेशमा पढ्न जाने विद्यार्थीहरूमा केन्द्रित रहेको उनले बताए।

शिक्षा क्षेत्रमा बैंकको ठुलो भरोसा रहेको उदाहरण दिँदै उनले नबिल बैंक एक्लैले मात्र यस क्षेत्रमा २२ अर्ब रुपैयाँ लगानी गरेको तथ्य समेत प्रस्तुत गरे।

कार्यक्रममा बोल्दै सीईओ ज्ञवालीले भने, ’शिक्षा नीति सरकार परिवर्तन हुनेसँगै परिवर्तन हुनु हुँदैन, जसका कारण निजी क्षेत्र अहिले निराश छ। शिक्षालाई सेवाभाव मात्रै भनेर गोलमटोल कुरा गर्ने हो भने बैंकले यस क्षेत्रमा लगानी बढाउँदैन। बैंकले सर्वसाधारणको पैसालाई यति हल्का ढंगले लगानी गर्न सक्दैन।’

ज्ञवालीले बैंकहरू नाफामूलक संस्था भएकाले लगानी सुरक्षित हुने र प्रतिफल आउने सुनिश्चितता खोज्ने स्पष्ट पारे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३७

काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष...

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

नबिल बैंकको नाफा झण्डै ८ अर्ब, ईपीएस कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:३४

काठमाडौँ। नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा करिव...

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

जोखिमरहित बैंकिङमा एभरेस्ट बैंक अगाडि, खुद नाफा ५ अर्ब ६ करोड भन्दा माथि

वि.सं.२०८३ साउन २० बुधवार ०९:३१

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्म...

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

व्यवसायमा ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब नाघ्याे, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:२७

काठमाडौँ। बैंकिङ क्षेत्रमा आफ्नो व्यावसायिक दायरालाई तीव्र रूपमा विस्तार गरिरहेको...

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वाणिज्य बैंकतर्फ नबिल र विकास बैंकतर्फ रेसुङ्गाले जित्यो अवार्ड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२५

काठमाडौँ । चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट नेपालको वाणिज्य...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...