back

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

nactional life

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ आवासीय एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ । मंगलबार विशेष कार्यक्रममा उक्त एयर कन्डिसनर सार्वजनिक गरिएको हो ।

कम्पनीले नेपाली घरपरिवारको आवश्यकता, बढ्दो विद्युत् खर्च तथा ऊर्जा–दक्ष प्रविधिप्रतिको मागलाई ध्यानमा राखेर नयाँ श्रृंखला ल्याएको जनाएको छ । नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट ऊर्जा व्यवस्थापन प्रणाली समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्युत् खपत नियन्त्रण गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा चौधरी समूहका प्रबन्ध निर्देशक निरवान चौधरीले उत्पादनको औपचारिक सार्वजनिक गरेका थिए ।

एलजीका अनुसार ‘किलोवाट म्यानेजर’ सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको विद्युत् खपत सीमा तथा सञ्चालन समय निर्धारण गर्न सक्नेछन्। साथै, एलजी थिनक्यु जडान प्रणालीमार्फत वास्तविक समयमै विद्युत् खपत अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ । अत्यधिक ऊर्जा प्रयोग भएको अवस्थामा सूचना प्राप्त हुने तथा प्रयोगकर्ताको आवश्यकता अनुसार स्वचालित ऊर्जा बचत प्रणाली सक्रिय हुने कम्पनीले जनाएको छ ।

नयाँ एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशतसम्म छिटो शीतलन प्रदान गर्ने दाबी गरिएको छ । यसमा ‘फ्रिज क्लिन’ प्रविधि पनि समावेश गरिएको छ, जसले इभापोरेटरमा जमेको धुलो तथा जीवाणुलाई सफा गरी स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । एलजीका अनुसार ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा रहेका ९९ दशमलव ०४ प्रतिशतसम्म जीवाणु हटाउन सक्षम रहेको परीक्षणबाट पुष्टि भएको छ ।

नेपालको भोल्टेज उतारचढाव तथा मौसमीय अवस्थालाई ध्यानमा राख्दै नयाँ मोडेलमा गोल्ड फिन प्लस एन्टि–कोरोसन कोटिङ, १०० प्रतिशत तामाको ट्युब तथा स्टेबलाइजरबिनै सञ्चालन हुने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका बजार व्यवस्थापन विभागका महाप्रबन्धक गौरव हमालले ऊर्जा दक्षता अहिले नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको उल्लेख गर्दै नयाँ प्रविधिले उपभोक्तालाई विद्युत् खपत तथा घरेलु खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एलजी इलेक्ट्रोनिक्स विश्वस्तरमा घरेलु उपकरण, उपभोक्ता विद्युतीय सामग्री तथा वातानुकूलन समाधान प्रदायक कम्पनीका रूपमा परिचित छ । नेपालमा भने यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...