काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा बन्द भएको हो ।
आज ७८ लाख १६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको शेयरमूल्य स्थिर छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १४.२६ प्रतिशतले बढेको छ भने सिटी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।





















