back
himalayan life

‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’ : बदन भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।

उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ ।’

उनले काभ्रेका एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा रहेको भन्दै सरकारको त्यसमा ध्यान केन्द्रित गरेका छन् ।

उनले भने, ‘म काठमाडौंबाट नजिकै रहेको काभ्रे क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँ । काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्नुपर्ने छ । सिंहदरवारका प्रर्खालभन्दा होचा जनताहरुका विकासप्रतिको चाहना सिंहदरवारसम्म ल्याउनुपर्ने छ । सदनबाट जनताको कुरा उठाउनुपर्ने छ । काभ्रेमा एकिकृत खानेपानी बनेपा, धुलिखेल र पनौतिका लाखौ जनताले उपयोग गर्ने एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा छ । सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हुँ ।’

यस्तै, श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति, थीति र विधी बसाल्नका लागि विरोध गरेको बताए ।
‘हामीले विरोधका लागि विरोध भने गरेका हैनौं । संसारभर हेर्दा सत्ता पक्ष र प्रतिपक्ष इमान्दार भएको खण्डमा परिणाम राम्रो आउने रहेछ । नीति, थिति र विधी बसाल्नुपर्छ भन्ने कुरा हो,’उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नदी किनाराबाट हटाइएका २ हजार ६०८ परिवारमध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

नदी किनाराबाट हटाइएका २ हजार ६०८ परिवारमध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

वि.सं.२०८३ असार २० शनिवार २१:२९

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका जोखिमयुक्त बस्ती...

पक्राउ गर्दै छोड्दै गरेपछि सीआइबीमाथि प्रश्न, प्रहरीलाई पनि असर

पक्राउ गर्दै छोड्दै गरेपछि सीआइबीमाथि प्रश्न, प्रहरीलाई पनि असर

वि.सं.२०८३ असार २० शनिवार २०:५७

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका...

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४४

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न...

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३२

काठमाडौं । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा...

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२८

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...