back

कालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाबाट कम्पनीले २०७९ माघ २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणाली वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

nactional life
Corporatebazar 11 Anniversary

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:१८

काठमाडौं । दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा...

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५०

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ...

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...