back

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

nactional life

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर छ। कोषले पहिलो पटक श्रमिकहरूलाई घडेरी किन्नका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। अब कोषमा आबद्ध श्रमिकले घडेरी खरिद गर्न १ करोड ५० लाख रूपैयाँसम्म ऋण पाउने भएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजमी यादवले यस नयाँ योजनाबारे औपचारिक जानकारी दिनुभएको हो। मन्त्री यादवका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले ६ प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको सापटी लिन सक्ने व्यवस्था मिलाइएको छ।

कर्जा पाउन १८ महिना योगदान अनिवार्य

कोषका प्रवक्ता कृष्ण अधिकारीले यस कर्जाका लागि केही सर्तहरू तय गरिएको जानकारी दिनुभयो। प्रवक्ता अधिकारीका अनुसार:

  • श्रमिकले कोषमा नियमित रूपमा कम्तीमा १८ महिनासम्म आबद्ध भई मासिक योगदान गरेको हुनुपर्नेछ।

  • श्रमिकले कोषमा जम्मा गरेको रकमको आधारमा नियमानुसार अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ऋण प्रदान गरिनेछ।

  • यस कर्जाको ब्याजदर वार्षिक ६ प्रतिशत मात्र हुनेछ।

कोषले यसअघि नै घर कर्जा, घर निर्माण कर्जा र शैक्षिक कर्जा जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएकोमा अब घडेरी कर्जा पनि थपिएको हो। यो व्यवस्थाले आफ्नै घडेरी जोड्न चाहने श्रमिकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार ३ बुधवार ०९:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ३ बुधवार ०९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...