back

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदन अनुसार कम्पनी ३३ करोड ८० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण निष्कासनमा एक दिन ढिलाई भएको हो ।

यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता बाँडफाँट भइसकेको छ भने बाँकीमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

वित्तीय अवस्था र पूँजी संरचनाः सञ्चित नाफा ३३ करोड माथि

यस कम्पनीको वित्तीय अवस्था बलियो देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत प्रतिवेदन अनुसार कम्पनी ३३ करोड ८० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । गत आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा रहेको थियो ।

आईपीओ निष्कासन र बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुग्नेछ । जसमा संस्थापकको हिस्सा ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत हुनेछ । आईपीओबाट संकलित रकम कम्पनीले बैंकको ऋण तिर्न र नयाँ परियोजनाका साथै चालु पूँजी व्यवस्थापनमा खर्च गर्ने योजना बनाएको छ ।

जोखिम र आवेदन प्रक्रिया

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ’केयरएनपी बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । त्यसैले लगानीकर्तालाई रेटिङ्गको विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिइएको छ ।

लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ’मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यसको विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ ।

दोस्रो बजारमा ओपनिङ रेन्जः न्यूनतम ९२ रुपैयाँ १५ पैसा

नेप्सेको नयाँ नियम (२०८२ फागुन १ देखि लागू )अनुसार, यदि कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा कम छ भने सोही नेटवर्थलाई आधार मानेर पहिलो कारोबार मूल्य तोकिन्छ । सोपान फर्मास्युटिकल्सको पछिल्लो नेटवर्थ ९२ रुपैयाँ १५ पैसा रहेकाले नेप्सेले यसको पहिलो कारोबारका लागि न्यूनतम ९२ रुपैयाँ १५ पैसादेखि अधिकतम २७६ रुपैयाँ ४५ पैसा सम्मको मूल्य सीमा (ओपनिङ रेन्ज) तोक्ने देखिन्छ ।

ललितपुरको महालक्ष्मीस्थानमा कार्यालय रहेको यस कम्पनीले २०७८ सालदेखि औषधी उत्पादन गर्दै आएको छ र हालसम्म १३९ प्रकारका औषधीको उत्पादन अनुमति प्राप्त गरिसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...