back

बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन्

nactional life

काठमाडौं । चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ को विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन् ।

-र्याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्तिशाली उदीयमान नेताका रूपमा टाइमले चित्रण गरेको हो । अप्रिल १५ मा सार्वजनिक गरिएको यस प्रतिष्ठित सूचीमा शाहको उदयलाई दक्षिण एसियाको पुरातन र वंशवादी राजनीतिको कडा जवाफ भनिएको छ ।

टाइम म्यागजिनले के भन्यो ?
टाइमले बालेनको प्रोफाइलमा लेखेको छ, ‘गत चैतमा बालेनको जित त्यस्तो समयमा भयो, जब जेन–जी पुस्ताले भ्रष्टाचार र पुरानो राजनीतिक शैली विरुद्ध देशभर प्रदर्शन गरिरहेको थियो । जसले आफ्नो इमान बेच्छन उनीहरूका लागि पैसा रूखमै फल्छ भन्दै र्याप गाउने यी इन्जिनियरले काठमाडौंको मेयरका रूपमा देखाएको कार्यक्षमताले नै उनलाई आज ३ करोड नेपालीको नेतृत्व गर्ने स्थानमा पुर्याएको छ ।’

म्यागजिनले उनलाई टुपाक शाकुर र ५० सेन्ट जस्ता अमेरिकी र्यापरहरूको भक्तका रूपमा उल्लेख गर्दै उनले स्थानीय तहमा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा गरेको सुधारलाई राष्ट्रिय स्तरमा लैजान सक्नेमा विश्व समुदायको चासो रहेको बताएको छ ।

फागुन २१ ९मार्च ५० मा भएको आम निर्वाचनमा बालेनको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधि सभामा १८२ सिटसहित ऐतिहासिक जित हासिल गर्यो । बालेनले झापा–५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै सबैलाई स्तब्ध पारेका थिए ।
पुरानो पुस्तालाई विस्थापन र सुशासनको स्थापना भन्ने नाराका साथ अघि बढेको रास्वपाले स्थापनाको तीन वर्षमै सत्ताको बागडोर सम्हाल्न सफल भएको हो ।

नयाँ पुस्ताको आशा
बालेनले कुनै समय सामाजिक सञ्जालमा लेखेका थिए । ‘नयाँ हुन् वा पुराना, सबै राजनीतिज्ञहरू चोर हुन् ।’ टाइम म्यागजिनले आफ्नो रिपोर्टको अन्त्यमा भनेको छ, ‘अहिले समस्त नेपालीहरू उनी आफैंले लेखेको त्यो भनाइलाई आफैंले गलत साबित गरुन् भन्ने आशामा छन् ।’

टाइमको यो सूचीमा विश्वका चर्चित कलाकारहरू लुक कोम्ब्स, केके पाल्मर र जेनी लगायतका हस्तीहरू पनि समावेश छन् । यो सम्मानले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई विश्व मञ्चले निकै गम्भीरताका साथ नियालिरहेको स्पष्ट पारेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...

संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका...

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान...

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:४५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद्...