back

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

nactional life

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूको दैनिकीमा पर्न थालेको छ।नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ ।

भारतको वैरगनिया क्षेत्रस्थित नन्दबारा नजिकका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेटका सवारीलाई पेट्रोल नदिइने’ भन्दै स्पष्ट सूचना नै टाँस गरेका छन् । यसले परापूर्वकालदेखि चल्दै आएको सहज आवतजावत र किनमेलको परम्परामा बाधा पु¥याएको छ । गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।

तर अहिले नेपाली सवारीलाई इन्धन दिन अस्वीकार गरिनुले दुई देशबीचको ‘रोटी–बेटी’ सम्बन्धमा नकारात्मक सन्देश गएको उनको बुझाइ छ । उनले आगामी दिनमा खाद्यान्नलगायत अन्य सामग्रीमा पनि यस्तै प्रतिबन्ध लाग्न सक्ने आशंका व्यक्त गरे। यस्तै, दुर्गा भगवती गाउँपालिका–१ का एक स्थानीयले आफ्नो पीडा सुनाउँदै भने, ‘भारतबाट आफन्त लिएर फर्कंदा बाटोमै पेट्रोल सकियो ।

नजिकैको पम्पमा जाँदा नेपाली नम्बर प्लेट भएकै कारण तेल दिइएन। बाध्य भएर मोटरसाइकल धकेल्दै बजार पुगेर बोतलमा तेल किनेर यात्रा पूरा गर्नुप¥यो ।’

नेपाल र भारतबीचको मूल्य अन्तर पनि यो कडाइको एउटा मुख्य कारण मानिएको छ। भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा झण्डै ५० रुपैयाँ प्रतिलिटर सस्तो छ। सस्तो इन्धनको फाइदा उठाउँदै नेपालतर्फ तस्करी हुन सक्ने र आफ्ना नागरिकका लागि मौज्दात जोगाउन भारतले यस्तो कदम चालेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

अर्कोतर्फ, नेपालले भारतीय सवारीमाथि भन्सार र प्रवेशमा कडाइ गरेपछि त्यसको ’काउन्टर’ स्वरूप भारततर्फ यस्तो व्यवहार देखिएको स्थानीयको दाबी छ । भारतको वैरगनियास्थित ‘हिन्दुस्तान’का पत्रकार राजकपुरका अनुसार सीमा क्षेत्रको व्यापार नेपाली ग्राहककै भरमा चलिरहेको अवस्थामा यस्तो व्यवहारले दुवै पक्षलाई घाटा पुग्ने देखिन्छ। उनले यस समस्यालाई दुई देशका सरकारले कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

समन्वयको अभाव र सीमा नीतिमा आएको फेरबदलले गर्दा खासगरी मधेश प्रदेशका सीमावर्ती नागरिकहरू मारमा परेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

वि.सं.२०८३ जेठ ६ बुधवार १५:४३

दैलेख। दैलेखको जलजले क्षेत्रमा जमिनमुनि लुकेको प्राकृतिक ग्यासको महाभण्डारले नेपालको...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...