back

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण: मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ

nactional life

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ । नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।

प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।

उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन् ।

उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३३

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२...

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक...

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०४

काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर...

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १३:५५

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको...

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३५

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले...