back

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना प्यासेन्जर सवारी साधनहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार तथा एसयूभीहरूको मूल्य बढाउन लागेको जानकारी दिएको हो । टाटा मोटर्सका अनुसार कच्चा पदार्थ र उत्पादन लागतमा भइरहेको निरन्तर वृद्धिको असरलाई कम गर्न यो निर्णय लिइएको हो । कम्पनीले भनेको छ,‘आइसीई पोर्टफोलियोमा औसत मूल्य वृद्धि ०.५ प्रतिशत हुनेछ । मोडल र भेरियन्ट अनुसार मूल्य वृद्धिको दर फरक–फरक हुन सक्छ ।’

यसअघि सोमबार मात्रै कम्पनीले आफ्ना व्यावसायिक सवारी साधनको मूल्यमा पनि १.५ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको थियो, जुन अप्रिल १ देखि नै लागू हुनेछ । मूल्य वृद्धिको घोषणाका बीच सोमबार भारतीय शेयर बजारमा टाटा मोटर्सको शेयर मूल्य २.८१ प्रतिशतले बढेर ४३७.६० भारुमा बन्द भएको छ । विलासी कार निर्माता मर्सिडीज–बेन्ज इन्डियाले पनि हालै आफ्नो गाडीको मूल्य बढाएको थियो ।

अटोमोबाइल क्षेत्र हाल विभिन्न संरचनात्मक चुनौतीहरूसँग जुधिरहेको छ । कच्चा पदार्थको बढ्दो मूल्य, आपूर्ति शृङ्खलामा अवरोध र पछिल्लो समय देखिएको मेमोरी चिपको अभावले उत्पादनमा असर पारेको ‘एलारा सेक्युरिटिज’को रिपोर्टले औंल्याएको छ ।

रिपोर्टका अनुसार, सन् २०२६ को सुरुवात विश्वव्यापी अटो बजारका लागि उत्साहजनक देखिएको छैन् । जनवरी २०२६ मा चीनमा सवारी साधनको बिक्री ६.८ प्रतिशत, अमेरिकामा ०.८ प्रतिशत र युरोपमा ३.९ प्रतिशतले गिरावट आएको छ । बढ्दो लागत र कमजोर मागका बीच टाटा मोटर्सले गरेको यो मूल्य वृद्धिले उपभोक्तालाई भने थप आर्थिक भार पर्ने देखिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...