back

सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि निष्कासन हुँदै

nactional life

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

यसअन्तर्गत २८ करोड ५० लाख रुपैयाँबराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ ।

त्यस्तै, सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म खुला रहनेछ ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...