back

हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्दुरकार सम्मानित

काठमाडौं । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवीन तन्दुरकारलाई हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।

रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे । संकटा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्दुरकारले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्त्वपूर्ण भएको बताए ।

राष्ट्रिय यू ८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्विन अफ दि हिमालय २०२५ घोषित भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाई टन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे । विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते ।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी (युरोपोयिन युनियनका लागि पूर्व राजदूत पनि हुन), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहा निर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक सङ्घका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई प्रदान गरे । त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बुले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा राखेपका पूर्व सदस्यसचिव रमेशकुमार सिलवाल, लक्ष्मी सनराइज बैंकका वरिष्ठ उप कार्यकारी प्रमुख सुमेद भट्टराई, राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, इतिहास रच्दै आएकी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ, पर्वतारोही पूर्णिमा श्रेष्ठ, हिमालयन आउटडोर प्रोजेक्टका सह संस्थापक अनुप गुरुङ, राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, सदस्य कुमार लामा घिसिङ, काठमाडौं महानगर ४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।

एकेडेमीकी संस्थापक खम्बुले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुति दिएकी थिइन् । एकेडेमीले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा आयोजना गर्दै छ ।

विश्व चेस महासङ्घको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रूपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एकेडेमीको यो १४औँ प्रतियोगिता हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...