back

मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु, चुनाव जित्छु : महेश बर्तौला

काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट मकवानपुर–२ बाट उम्मेद्वार बनेका महेश बर्तौलाले मतदाताहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा उनले सामाजिक तथा विकाससम्बन्धी विषय मतदाताहरुले उठाइरहेको र त्यसमा काम गर्न आफू तयार रहेको पनि बताए । एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका वर्तौलाले राष्ट्रिय हित सुदृढ बनाउन नागरिकका दैनिक आवश्यकता सम्बोधन अपरिहार्य रहेको पनि बताए ।

देशको समग्र प्रगतिका लागि नीति, सेवा र संरचनाबीच सन्तुलन आवश्यक रहेको उनको धारणा छ। प्रभावकारी कानून निर्माण, सुशासन र परिणाममुखी सार्वजनिक संस्थामार्फत मात्रै दीर्घकालीन विकास सम्भव हुने उनले उल्लेख गरे ।पूर्वाधार अभावले जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै उनले सडक सञ्जाल विस्तार, यातायात सुविधा सुधार र सुरक्षित आवागमनमा जोड दिए ।

दुर्गम क्षेत्रसम्म पहुँच विस्तार गर्न राज्य र समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । स्वास्थ्य क्षेत्र सुधारबिना सामाजिक विकास सम्भव नहुने उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी, जनशक्ति र औषधि आपूर्ति सुदृढ गर्नुपर्ने बताए ।

शिक्षालाई मानव विकासको आधार मान्दै उनले पाठ्यक्रम, प्रविधि र व्यवहारिक सीपलाई जोड्ने नीति आवश्यक रहेको धारणा व्यक्त गरे । विद्यालय र उच्च शिक्षालाई रोजगारीसँग जोड्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए । युवालाई उत्पादन, सीप र उद्यमशीलतासँग जोड्ने कार्यक्रमले आर्थिक गतिविधि बढाउने तथा बेरोजगारी न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।

शिक्षामा व्यवहारिकता ल्याउन ‘कमाउँदै पढ्ने’ अवधारणाजस्ता मोडेल उपयोगी हुन सक्ने उनले बताए । विद्यार्थीलाई अध्ययनसँगै सीप र आम्दानीको अवसर दिन सकिए शिक्षालाई आत्मनिर्भर र उपयोगी बनाउन सकिने उनको धारणा छ । क्षेत्रीय विकासमा सन्तुलन कायम गर्न स्थानीय तहसँग समन्वय गर्दै योजना कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरे ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...