back

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

nactional life

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ।

माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा झरेको छ।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ।फागुन महिनामा ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ। माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ। ११ बैंकहरुले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ। सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ। यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

संस्थापक मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ४ प्रतिशत रहेको छ। हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले सो दरमा ब्याज दिनेछन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...