back

भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनु पर्छ : राजन भट्टराई

युवा पुस्ताले राखेका मागमा हाम्रो विमति थिएन

काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

नेता भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका हुन्।बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका जायज मागको विपक्षमा नेकपा एमाले नभएको भन्दै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

‘भदौ २३ गते बिहान शान्तिपूर्ण भेला भएर दिउँसो मानिसहरू एभरेस्ट होटल पुग्दासम्म राखेका मागको हामीले स्यालुट गर्नुपर्छ ।

युवा पुस्ताले राखेका मागमा हाम्रो विमति थिएन’, भट्टराईले भने, ‘जब निषेधित क्षेत्र तोडेर सिधै संसद् भवनमाथि आक्रमण र आगजनी गरियो त्यहाँबाट छानबिन गरौँ।’ नेता भट्टराईले त्यसरी गरिने छानबिनमा नेकपा एमालेको जुनसुकै तहको नेता दोषी भए पनि त्यो दोष भोग्न तयार रहेको बताए ।

‘त्यो छानबिनमा जो जो दोषी छन् । त्यसभित्र नेकपा एमालेको कुनै तहको कोही नेता पनि दोषी छ भने हामी त्यसको दोष भोग्न तयार छौ । तर छानबिन निष्पक्ष हुनुपर्छ’, भट्टराईले भने, ‘ती अवोध बालबालिका जसलाई शान्तिपूर्ण आन्दोलन हुन्छ भनेर त्यहाँ लगियो र पछि ढाल बनाएर प्रयोग गरियो।’ उनले योजनाबद्ध र पूर्व तयारी गरेर २३ गतेको घटना गराएर २४ गते विध्वंस मच्चाउने रणनीति भएको दाबी गरे ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...