back

निरन्तर घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

nactional life

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।

नेप्सेसँगै  कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ८९ हजार ८३६ पटकको कारोबारमा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको २ करोड १७ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने आरबिबि फोकस ४० को इकाईमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।  म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१०

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको...

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

वि.सं.२०८३ जेठ १३ बुधवार १७:२५

काठमाडौं । शेयर बजार अब लगातार चार दिन बन्द हुने...

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

वि.सं.२०८३ जेठ १३ बुधवार १७:११

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको...

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...