back
himalayan life

एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् ।

डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।

सोही क्रममा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।

साथै, रोविन शेरचनले विगत ३८ वर्षदेखि जापानलाई आफ्नो कर्मथलो बनाएर व्यवसाय र समाजसेवामा विशिष्ट पहिचान बनाएका छन् । पृष्ठभूमि व्यापारिक भए पनि बुवा स्वर्गीय राजेन्द्र शेरचनको भैरहवा र काठमाडौँमा होटल तथा कपडा व्यवसाय थियो तर उनले पैतृक सम्पत्तिमा रम्नुभन्दा आफ्नै बलबुतामा केही गर्ने अठोट लिएर हिनेका थिए ।

उनले पनि विगतका ज्ञान तथा विज्ञ सम्मेलनले केही सकारात्मक छाप छाठ्न सफल भएको र यसलाई थप परिष्कृत र नयाँ सोचका साथ भौतिक रुपमा नै निरन्तरता दिइने बताए ।

प्रवासमा हासिल गरेका ज्ञान, सीप र अनुभवका आधारमा नेपालको विविध क्षेत्रमा नीतिगत सुझाव सरोकारवाला निकायलाई उपलब्ध गराइने, विधानले व्यवस्था गरेको एनआरएनए पेसागत तथा प्राज्ञिक एकाइलाई कार्यान्वयनमा ल्याइने पनि उनको प्रतिबद्धता छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...