back
himalayan life

बैंककमा नेपालका गन्तव्य र अनुभव प्रदर्शन गर्दै पर्यटन बोर्ड र निजी कम्पनीहरू

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।

पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरूको सहभागितामा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभवहरू प्रदर्शन गरिँदैछ । मेलामा ट्रेकिङ, साहसिक पर्यटन, सांस्कृतिक भ्रमण तथा तीर्थयात्रासम्बन्धी विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरिएको छ ।

मेलामा सहभागी नेपाली कम्पनीहरूमा इमेज ट्राभल एण्ड एक्सपिडिसन, नेपाल हाइकिङ टिम, ब्रोड एडभेन्चर, नेपाल सोसल ट्रेक्स एण्ड एक्सपिडिसन, पर्ल होलिडेज, कोर ट्रेक, ट्रेकिङ गाइड टिम एडभेन्चर, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, गो नेपाल ट्राभल टुर्स एण्ड ट्रेकिङ, माउन्टेन ग्रेट एडभेन्चर तथा डेस्टिनागो टुर्स एण्ड ट्राभल्स रहेका छन् ।

एनटीबीले दक्षिणपूर्वी एसियामा थाइल्याण्डलाई नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एकका रूपमा लिँदै आएको जनाएको छ । दुई देशबीचको नियमित हवाई सम्पर्कले पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याइरहेको बोर्डको भनाइ छ । हाल नेपाल–थाइल्याण्डबीच दैनिक प्रत्यक्ष उडानसहित हप्तामा २० भन्दा बढी उडान सञ्चालन भइरहेका छन् ।

टिआईटिएफ २०२६ मा सहभागितामार्फत एनटीबीले पर्यटन साझेदारीलाई मजबुत बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्ने तथा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र भगवान बुद्धको जन्मस्थल लुम्बिनी जस्ता आध्यात्मिक गन्तव्यहरूलाई थाइल्याण्डका पर्यटकमाझ प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

चार दिने यो यात्रा मेलामा क्षेत्रीय पर्यटन बोर्डहरू, ट्राभल कम्पनीहरू र पर्यटन उद्योगसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...