back

ग्रिनल्याण्डको पिटुफिक स्पेस बेसमा नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान तैनाथ गर्ने तयारी

काठमाडौं । अमेरिकाले नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान ग्रिनल्याण्डस्थित पिटुफिक स्पेस बेसमा तैनाथ गर्ने भएको छ ।

डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्याण्डलाई लिएर चुलिँदो तनावका बीच अमेरीकाले यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहण गर्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिका बीच यस्तो कदम चालिएको हो।

एयरोस्पेस डिफेन्स कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार उक्त विमान दीर्घकालदेखि योजनाबद्ध गतिविधिहरूलाई समर्थन गर्न पिटुफिक स्पेस बेसमा पुग्नेछ ।

अमेरिकाका महादेशीय भूभाग र क्यानडास्थित बेसबाट सञ्चालन हुने विमानहरूसँग समन्वय गर्दै एयरोस्पेस डिफेन्स कमाण्डका विभिन्न गतिविधिमा सहयोग पु¥याइने बताइएको छ । यस कार्यमा डेनमार्क र ग्रिनल्याण्ड सरकारसँग आवश्यक समन्वय तथा कूटनीतिक स्वीकृति लिइएको एयरोस्पेस डिफेन्स कमाण्डले जनाएको छ ।

एयरोस्पेस डिफेन्स कमाण्डले उत्तर अमेरिकाको रक्षा प्रणालीअन्तर्गत अलास्का, क्यानडा र महादेशीय अमेरिकाका क्षेत्रहरूमा नियमित रूपमा दीर्घकालीन र विकेन्द्रित सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ ।

हालको तैनाथी पनि सोही अभ्यासअन्तर्गत रहेको बताइएको छ । अमेरिकी कदम ग्रिनल्याण्डमा डेनमार्कको नेतृत्वमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यासपछि आएको हो । उक्त अभ्यासमा जर्मनी, स्विडेन, फ्रान्स, नर्वे, नेदरल्यान्ड्स र फिनल्याण्डले सानो संख्यामा सैनिक पठाएका थिए । आर्कटिक क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गरिएको अभ्यासमा डेनमार्कले अमेरिकालाई पनि सहभागी हुन निमन्त्रणा दिएको थियो ।

यसैबीच, राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गर्दै डेनमार्क र अन्य युरोपेली देशहरूमाथि कडा चेतावनी दिएका छन् । उनले ग्रिनल्याण्ड बिक्रीमा सहमति नजनाए डेनमार्कसहित बेलायतलगायत युरोपेली मुलुकहरूमा भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएका छन् ।

ट्रम्पका अनुसार चीन र रूसले ग्रिनल्याण्डप्रति चासो देखाइरहेकाले अमेरिकी सुरक्षाका दृष्टिले यो क्षेत्र महत्त्वपूर्ण बनेको हो । उनले युरोपेली राष्ट्रहरूसँग वार्ताका लागि तयार रहेको जनाए पनि सहमति नभए सन् २०२६ फेब्रुअरी १ देखि १० प्रतिशत र जुन १ देखि २५ प्रतिशतसम्म ट्यारिफ बढाउने चेतावनी दिएका छन् । ट्रम्पले लामो समयदेखि अमेरिकी समर्थन पाएको भन्दै “अब डेनमार्कले ग्रिनल्याण्ड फिर्ता दिनुपर्ने समय आएको छ” भन्ने अभिव्यक्ति पनि दिएका छन् ।एएनआई

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...