back

नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित

nactional life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा पर्साको वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरिएको छ।

साधारण सभाले हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रूपैयाँको २१.०५ प्रतिशतका दरले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रूपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। जसअन्तर्गत १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ।

सभाले संस्थापक समूह अन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल रविवेक कुमार अग्रवाललाई निर्विरोध सञ्चालकमा निर्वाचित गरेको छ। सभापछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले श्री गोविन्द लाल संघईलाई पुनः अध्यक्षमा चयन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष संघईले संरचनात्मक सुधार, संस्थागत सुशासन, प्रविधिको अधिकतम प्रयोग, ग्राहक केन्द्रित योजना तथा जोखिम व्यवस्थापनमार्फत कम्पनीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। कम्पनीलाई डिजिटल रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डअनुसार अघि बढिरहेको उनले जानकारी गराए।

कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि कम्पनीले अग्रस्थान कायम गर्न सफल भएको उल्लेख गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई एकजुट भई अघि बढ्न आग्रह गरे।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८१/८२ का चुनौतीलाई अवसरमा बदल्दै कम्पनीले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। आर्थिक अवस्था सहज नभए पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उनको भनाइ थियो।

कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म कुल लगानी २५४ अर्ब रूपैयाँ पुगेको छ भने जीवन बीमा कोष २४५ अर्ब रूपैयाँ र शेयरधनी कोष १३ अर्ब रूपैयाँभन्दा बढी रहेको छ।

हाल देशभर फैलिएका १९७ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले हालसम्म ३२६ अर्ब रूपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै १०३ अर्ब रूपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ। कम्पनीले आगामी दिनमा पनि ग्राहक हितलाई केन्द्रमा राखी समयसापेक्ष सेवा तथा सुविधाहरू थप गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२२

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु...