back

बौद्धिक पेसाकर्मी महासंघद्वारा जेनजीको बारेमा अन्तरक्रिया

काठमाडौं। नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ राष्ट्रिय समितिले आज अन्तरक्रिया गरेको छ ।
काठमाडौंमा आयोजित अन्तरक्रियामा कर्मचारी संघ संगठनका प्रमुखसहित अन्यले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चर्चा गरेका थिए । ‘जेनजी आन्दोलन, राजनीतिक परिवर्तन र राष्ट्रसेवकको भूमिका विषयक’ अन्तरक्रियामा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफूले जागिर खाँदा भोगेका अनुभवका साथै अन्य विषयमा चर्चा गरेका थिए । उनले जेनजी आन्दोलनको कारण उत्पन्न भएको समस्याको निकास र सम्भावनाको खोजीका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।

जेनजी युवाहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्वादत्त भट्टलगायतले पछिल्लो जेनजी आन्दोलन, राजनीतिक परिवर्तन र कर्मचारीको विषयमा धारणा राखेका थिए ।

‘अहिलेको अवस्थाको बारेमा विभिन्न पक्षसँग छलफल र अन्तरक्रिया गरेका हौं’ आयोजक संस्था नेपाल बौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष शरणकुमार गुरुङले भने ‘यो आन्दोलनपछि सबैमा अब के होला भन्ने चासो र चिन्ता छ त्यसै विषयमा अन्तरक्रिया गरेका हौं ।’ अध्यक्ष गुरुङले देशको, कर्मचारीको सँगै अन्य विषयमा आगामी दिनमा पनि छलफल गर्दै जाने बताए ।

nactional life
Corporatebazar 11 Anniversary

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:०२

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा...

राजनीति गर्ने भए ‘ब्लाक कोट’ फुकाल्नुस्, हामी तयार छौँ: सांसद समीक्षा बाँस्कोटा

राजनीति गर्ने भए ‘ब्लाक कोट’ फुकाल्नुस्, हामी तयार छौँ: सांसद समीक्षा बाँस्कोटा

वि.सं.२०८३ जेठ ४ सोमवार १४:५९

काठमाडौं । नेपालको लोकतान्त्रिक अभ्यासमा शक्ति पृथकीकरणको सिद्धान्त (Separation of...

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

वि.सं.२०८३ जेठ ४ सोमवार १४:४५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई...

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

चीन–अमेरिका सम्बन्धको जहाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक : सी जिनपिङ

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धको जहाजलाई सही...

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

भोलिको विश्वलाई बुझ्न डायस्पोराको विज्ञता आवश्यक छ : परराष्ट्र मन्त्री

वि.सं.२०८३ जेठ ३ आइतवार १७:१४

काठमाडौँ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले युवा तथा डायस्पोरा (प्रवासी नेपाली)...

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ ३ आइतवार १६:५०

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा...