back

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडड्यण प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।भक्तपुरको नलिनचोकमा हेलिपोर्ड निर्माणको क्रममा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधवार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्यानका महानिर्देशक प्रदिप अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सेल्टिङ प्रालिका म्यानेजिङ डाईरेक्टर विजय थापा, प्राईभेट ईन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सेल्टिङ प्रालि, नयाँ बानेश्वर विरुद्ध मुद्दा दायर गरिएको विशेष अदालतका उपरजिष्टार कृष्णसरण लामिछानेले जानकारी दिए ।

उनले सबै आरोपीहरुलाई जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो कायम गरि सोही अनुसारको कैद जरिवानाको मागदाबी गरि आयोगले मुद्दा दायर गरेको बताए ।

उनकाअनुसार क्यानका महानिर्देशक अधिकारी विरुद्ध थप ३ वर्ष सजाय मागदावी गरिएको छ । आयोगले आरोपत्रका साथ क्यानका महानिर्देशक अधिकारी र निर्देशक मुरारी भण्डारीलाई अदालतमा उपस्थिति गराएको जानकारी दिए । उनले समय अभावको कारणले उनीहरुको बयान तथा थुनछेक शुक्रवार मात्रै हुने जानकारी दिए।

nactional life
Corporatebazar 11 Anniversary

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:१७

बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१०

काठमाडौं । नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८०...

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:५०

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले...