back

मन्था आँधीको प्रभावका कारण नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात, धेरै क्षेत्रमा झरी हुन सक्छ

काठमाडौं । अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ ।
बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भए पनि त्यसको असर नेपालसम्म पुग्ने संकेत देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार, मन्था आँधीको कारण आगामी केही दिन नेपालभर वर्षा र बादलयुक्त मौसम रहने सम्भावना छ ।

नले भने, ‘बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हिजो बेलुकादेखि नै प्रवेश गरिसकेको मन्था नाम गरेको आँधी पश्चिमतिर आइरहेको अवस्था छ । बिस्तारै अब उत्तरतिर सर्ने क्रममा हाम्रो नेपालतिर पनि त्यसको बादलहरू बेलुकाबाट देखिन सक्ने देखिन्छ । त्यसकारणले भोलि–पर्सि या शनिबारसम्म नेपालभरको मौसम बढी प्रभावित हुने देखिएको छ ।’
मन्था आँधीको प्रभावले आगामी केही दिन विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।

उनका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
‘विशेष गरेर कोशी, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भूभागहरूमा बदली हुने, धेरै स्थानमा वर्षा हुने, कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ,’ उनले भने, ‘उच्च हिमाली भूभागमा हिमपात पनि हुन सक्ने देखिएको छ,’ पौडेलले भने ।
उनले विशेषगरी मधेस प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै कोशी प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा र धेरै ठाउँमा मध्यम वर्षा पनि हुन सक्ने बताए । उनले धेरै स्थानहरुमा हिमपातको सम्भावना रहेको समेत बताए ।

‘कोशी, बागमती प्रदेशको उच्च हिमाली भूभागहरू, त्यस्तै गण्डकी प्रदेशको उच्च हिमाली भूभागहरूमा केही स्थानमा भारी हिमपात छ भने, केही स्थानमा मध्यम हिमपात हुने देखिएको छ,’ पौडेलले भने ।

विशेष गरी कोशी, मधेस र बागमती प्रदेशमा सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
उनले समग्रमा शनिबार बिहान वा दिउँसोबाट मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने देखिएको बताए ।

हिमाली क्षेत्रमा हिमपात भएको कारणले चिसो हावाको महसुस हुनुका साथै उनले पछिल्ला चक्रवातका कारण मौसम बदली रही तापक्रम पनि घटेको बताए ।

‘चिसो कुरा गर्दाखेरि मनसुनपछिको समयमा बिस्तारै दिउँसोको दिन छोटो हुँदै जाने रात लामा हुँदै जाने हुन्छ । चक्रवातको कारणले बदली भयो तापक्रम दिउँसोको बढ्न पाएको छैन बीचमा पानी पनि परेको छ। कतिपय हिमाली क्षेत्रमा हिमपात पनि भएको कारणले गर्दाखेरि केही चिसो हावाको पनि महसुस भएको छ,’ उनले भने ।

उनले बिहीबार मनाङ–मुस्ताङमा हिमपात हुन सक्ने सम्भावना रहेको भन्दै बिहीबारको हकमा सावधानी अपनाउनु पर्ने बताए । उनले गण्डकी प्रदेश, बागमती, कोशी प्रदेशको खुम्बु क्षेत्र, गोक्यो क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम पूर्वानुमानमा देखिएको बताए ।

उनले पदयात्रामा गएका यात्रुहरुलाई सुरक्षित भएर बस्नको लागि आग्रह समेत गरे ।
बिहीबार मौसम धुम्म भई शुक्रबार झरी पर्ने अवस्था रहेको जानकारी दिदैँ उनले काठमाडौं लगायत मधेस र कोशी प्रदेशमा झरी र हिमाली भेगमा हिमपात हुनसक्ने बताए ।

उनले आइतबारदेखि मौसम सफा हुने भन्दै त्यस अघि किसानहरुको लागि धान नकाट्न समेत आग्रह गरेका छन् । उनले पश्चिम तराईका भूभागहरु, कैलाली, धनगढीलगाउतका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना नभएको समेत जानकारी दिए ।

nactional life
Corporatebazar 11 Anniversary

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ: प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ: प्राडा दाहाल

वि.सं.२०८३ वैशाख २ बुधवार १०:२०

वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक...

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

वि.सं.२०८२ चैत ३० सोमवार ११:०१

मानसिक रोग धेरै कारणले हुने गर्छ । सामाजिक विभेद, राजनीतिक...

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

वि.सं.२०८२ चैत २६ बिहीवार १३:५२

अहिले नेपालमा मात्र नभई विश्वभर नै नसर्ने रोगहरू प्रमुख चुनौती...

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

वि.सं.२०८२ चैत १५ आइतवार १२:१६

काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा...

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

वि.सं.२०८२ चैत १४ शनिवार १२:२२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

वि.सं.२०८२ चैत १४ शनिवार ०९:३३

chhatra Bahadur Bhatta is active in politics and social service...