back

धनतेरसमा माग अनुसार चाँदी पुगेन , सुन ६० किलो बिक्यो

बढेको मूल्यले पारेन प्रभाव

धनतेरस अर्थात् धन त्रयोदशीका दिन सुन चाँदी व्यवसायीले ग्राहकले मागे अनुसार चाँदी दिन सकेनन्। सुन भन्दा बढी चाँदीको माग भएपनि चाँदी अभावका कारण व्यवसायीले माग अनुसार चाँदी दिनै नसकेको बताएका छन्।“यस पटक आम सर्वसाधारणले पोहोर भन्दा बढी बढी धनतेरसमा धातुको समान खरिद गरे। त्यसमा पनि चाँदीको माग पुर्‍याउन सकिएन। सुन भने अभाव भएन,” नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने।

खासगरि भारत र नेपालमा धनतेरसका दिन केही धातुका समान खरिद गरे लक्ष्मी प्रसन्न हुने जन विश्वास छ। सोही कारण शनिवार मुलुकभरिकै धातुका समान बेच्ने पसलमा सामान्य दिन भन्दा बढी ग्राहकको भिड देखिएको थियो। त्यसमा पनि सुन चाँदीको पसलमा वर्ष भरिकै सबैभन्दा बढी भिड देखिएको थियो। सक्नेले सुन चाँदीका समान जोडे भने केही नहुनेले पनि घर बढार्ने कुचो किनेर शनिवार धनतेरस मनाए।

दशैं अघि देखि नै नेपाली बजारमा चाँदीको अभाव देखिएको थियो। जुन धनतेरसका दिन थप अभाव खड्कियो। व्यवसायीले नै माग अनुसार चाँदी नपाएको कारण यस पटक ग्राहकले मागे जति चाँदी दिन नसकिएको बताइएको छ। “दशै अघि देखि नै चाँदीको अभाव थियो। हामीले नै माग अनुसार चाँदी नपाएको कारण ग्राहकलाई पनि माग अनुसार चाँदी दिन सकिएन,” शाक्यले भने।

यता सुनको भने निक्कै ठूलो व्यापार धनतेरसका दिन भयो। महासंघले यस पटक ६० देखि ७० किलो सुन शनिबार खपत भएको अनुमान गरेको छ। “शनिवार ६० देखि ७० किलो सुन बिकेको अनुमान गर्न सकिन्छ। यकिन तथ्याङ्क आउन बाँकी नै छ” ।

पछिल्लो समय मात्रै नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएर प्रति दिन २५ किलो पुर्‍याएको छ। तर एकै दिन ६० देखि ७० किलो बिक्रि भयो। व्यवसायीले पहिले देखि नै स्टक राखेका कारण शनिवार सुन बढी बिकेको हो। यस अघिका वर्षमा ५० किलो पनि सुन बिक्न हम्मे हम्मे पर्ने गरेकोमा भने यस पटक सजिलै ६० किलो भन्दा बढी सुन बिक्री भयो। मूल्य बढेर पनि सुन किन्नेलाई भने त्यसले कुनै फरक पारेन। शनिवार प्रति तोला सुनको मूल्य दुई लाख ५८ हजार तय गरिएको थियो। अन्तर्राष्ट्रिय बजारमा दैनिक सुनको मूल्य बढ्दै गइरहेको छ। दैनिक बढ्दै गएको सुनको मूल्य आउने दिनमा थप बढ्ने अनुमान सहित आम सर्वसाधारणले सुनमा लगानी बढाएका हुन्। मूल्य बढेकै कारण सामान्य दिनमा भने सुनको खासै खपत छैन। चालु आर्थिक वर्ष लागे यता वाणिज्य बैंकहरुले प्रति महिना एक सय किलो सुन आयात गर्दै आइरहेका छन्। उक्त सुन समेत पुरा बिक्री नहुने गरेको बैकर्स संघले बताएको छ। तर यता नेपाल राष्ट्र बैंकले भने प्रति दिनको २० किलोको कोटा बढाएर २५ किलो पुर्‍याएको छ। आउने दिनमा सुनको माग बढ्ने अनुमान सहित केन्द्रीय बैंकले कोटा बढाएको जनाएको छ। धनतेरसमा बढेको सुनको मागले आउने दिनमा थप सुनको माग बढ्ने आस भने जगाएर गएको छ।

अमेरिकी अर्थतन्त्रमा देखिएको तनाब र अमेरिकी अर्थतन्त्रले लामो समयदेखि भोग्दै आएको २.५ प्रतिशतको मुद्रास्फीतिलाई कम गर्न नसकेको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ। सन् २०२५ मा मात्रै सुनको मूल्य ५४ प्रतिशतले बढिसकेको छ। आउने दिनमा सुनको मूल्य थप बढ्ने प्रक्षेपण छ।

nactional life
Corporatebazar 11 Anniversary

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

वि.सं.२०८३ वैशाख १४ सोमवार १२:१०

काठमाडौँ । नेपाल सरकारले आगामी १० वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रमा...

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

वि.सं.२०८३ वैशाख १३ आइतवार १९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको 'लाइफलाइन' मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी वैशाख...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...