back

यमपञ्चक तिहार : संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व

पृथीवी तत्व अन्तर्गत यम र यमुना भगवान सूर्यकी पत्नी संज्ञाबाट जन्मीएका यमराज हुन् ।

काठमाडौं । तिहार हाम्रो हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनहरूसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ ।

तिहारका पाँच दिनहरूले विशेष महत्व बोकेका छन् । पहिलो दिन काग तिहारका रूपमा कागको पूजा गरिन्छ, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन नर्व चतुर्दशी वा गाईपूजा, चौथो दिन लक्ष्मी पूजा र पाँचौं दिन भाईटीका वा दाजुभाइ–दिदीबहिनीको सद्भाव र प्रेमको पर्व मानिन्छ ।

यमपञ्चकका यी पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।

लक्ष्मी पूजाको दिनलाई सम्पन्नताको प्रतिक मानिन्छ । माता लक्ष्मीको पूजा अँध्यारो रातमा वा बेलुकामा गरिन्छ र यस दिन घर–आँगनमा दीप प्रज्वलन गरी समृद्धिको कामना गरिन्छ । भाइटीकाको दिन दिदीहरूले आफ्ना दाजुभाइको लामो उमेर र कल्याणको कामना गर्दै टिका लगाउने र उपहार दिने प्रचलन छ । यसरी तिहार केवल देवी–देवताको पूजा मात्र नभएर दाजुभाइ–दिदीबहिनीको सम्बन्धलाई सुदृढ बनाउने सामाजिक पर्व पनि हो ।

यस पर्वले प्राकृतिक चक्र, ऋतु परिवर्तन र जीवनका सुख–दुःखसँग सम्बन्धित महत्वपूर्ण सन्देश पनि दिन्छ । शरदकालको अन्त्य र हेमन्त ऋतुको आगमन, कृष्ण–शुक्ल पक्षको क्रम र यमराजसँगको दिदी–भाइको सम्बन्ध पर्वको पौराणिक र धार्मिक अर्थलाई अझ प्रगाढ बनाउँछ । यमपञ्चकका यी पाँच दिनहरूमा मृत्यु भए पनि त्यसले नर्कमा नभई स्वर्गमा जाने विश्वास छ । यसले मानिसमा धर्म, नैतिकता र सामाजिक सम्बन्धको महत्वबोध गराउँछ ।

यसरी तिहार हिन्दू धर्मावलम्बीहरूको लागि बहुआयामिक, सांस्कृतिक, धार्मिक र सामाजिक पर्व हो। यो पर्व प्रकृति पूजक परम्परामा आधारित छ र सनातन धर्मको जीवित प्रतीकको रूपमा रहँदै आएको छ । केवल पूजा र उत्सवको दिन मात्र नभएर, यो पर्व परिवार, प्रेम, सद्भाव र सामाजिक समृद्धिको पनि पर्व हो ।

यमपञ्चक भन्नु नै यमपास दण्ड जसलाई हामी दक्षिणका देवताका रुपमा यमराजलाई मान्दछौं । पृथीवी तत्व अन्तर्गत यम र यमुना भगवान सूर्यकी पत्नी संज्ञाबाट जन्मीएका यमराज हुन् । जसलाई यमहः पनि भनिन्छ र उनकी बहिनी यमुना बिच यो पाँच दिनको पर्व मनाइन्छ । यी दिदी भाइ बिचको प्रेमको रुपमा मनाउने गरिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...