back
Naima

‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’

काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।

‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’ भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।

‘अब हामी आएका छौं । प्रधानन्यायाधीश महिला पाएका छौं, राष्ट्रपति महिला पाएका छौं, सभामुख महिला पाएका छौं, महान्यायाधिवक्ता पनि महिला पाएका छौं। यसमा हामी खुसी हुनुपर्छ,’ उनले भनिन् ।

महान्यायाधिवक्ता भण्डारीले सरकारी वकिल सेवा र न्यायिक इतिहासको सन्दर्भमा २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिदेखि सुरु भएको यात्रालाई स्मरण गर्दै उक्त सेवा सरकारको हकहितको संरक्षणमा महत्वपूर्ण रहँदै आएको बताइन् ।

‘आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छौं । विं.स. २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तसँगै सुरु भएको यात्रा सात दशक लामो संस्थागत विकास र सरकारको हकहितको संरक्षणमा सरकारी वकिलले निर्वाह गरेको गौरवशाली योगदानलाई स्मरण गर्दै नयाँ उर्जा र आशाको सञ्चार गरेको छ,’ उनले भनिन्। कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तिकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता, र नेतृत्व विकासका विविध पक्षमा छलफल भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...