back
Naima

सरकारले टुक्रे आयोजनाहरू काटेर १ खर्ब १० अर्ब रुपैयाँ जुटाउने

काठमाडौं । सरकारले चालु बजेटबाटै १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको स्रोत व्यवस्थापन गर्ने भएको छ। यसका लागि साना र पूर्वाधार बैंकमा नपरेका आयोजनाहरू स्थगन गरिने भएको छ।

अर्थमन्त्री रामेश्वर खनालले बिहीबार सेजन नयाँ कार्यसमितिसँगको भेटमा भदौ २३ र २५ गते आन्दोलनले पुर्‍याएको क्षतिको पुनर्निर्माण र आगामी फागुनमा हुने चुनावका लागि स्रोत जुटाउन यस्तो निर्णय गरिएको बताए। यसका लागि ३ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा अर्थमन्त्रालयका सहसचिवहरू सुमन दाहाल, धनिराम शर्मा र उत्तर खत्री छन्। अर्थसचिव घनश्याम उपाध्यायसहित यो कार्यादलले अहिले काम गरिरहेको छ।

अर्थमन्त्री खनालका अनुसार १३ सय वटा टुक्रे आयोजनाहरू काट्दा १ खर्ब १० अर्ब रुपैयाँ जुट्नेछ। त्यस्तै चालु खर्चको १२ अर्ब स्थगन गर्न सकिने देखिएको छ। यो रकम पूर्वाधार बैंकमा नपरेका र पूर्वाधार बैंकमा समावेश हुन प्रक्रिया पूरा नगरेका आयोजनाहरू स्थगन गरेर जुटाइने उल्लेख छ। विनियोजन ऐनमा पूर्वाधार बैंकमा समावेश भएका आयोजनाहरू मात्र बजेटमा राखिने व्यवस्था भए पनि ३ करोडभन्दा साना परियोजनाहरू समेत बजेटमा परेका थिए।काम सुरु भइसकेका आयोजनाको हकमा भने आवश्यकताअनुसार निर्णय गरिनेछ।

अर्थ मन्त्रालयका अनुसार तीन करोडभन्दा कम बजेटका आयोजनाहरू कार्यान्वयन नगर्दा राज्यलाई खासै ठूलो नोक्सान हुँदैन। यसबाट बचेको रकम सरकारी संरचनाको पुनर्निर्माणमा प्रयोग गरिनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...