back
Naima

जेन–जी आन्दोलनका क्रममा रौतहटमा २०  करोडभन्दा बढीको क्षति भएको अनुमान

रौतहट । रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् ।जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ  नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो ।

चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ ।

सरकारी कार्यलयका  कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो  । गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए । उनका अनुसार पालिकामा रहेका महत्त्वपूर्ण कागजपत्र जलेको छ ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताए । यद्यपी, अब छिटै बैकल्पिक भवनबाट कार्यालय संचालन गरिने उनले बताए।जिल्ला प्रशासन कार्यालय गौरले जेन–जी आन्दोलनको क्रममा करिब २० करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि क्षतिको पूर्ण विवरण संकलनको काम जारी राखेकाले यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड र कटहरिया नगरपालिकामा एक करोडको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ ।

यस्तै, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख र फतुवा विजयपुर नगरपालिकामा ३० लाखको नोक्सानी भएको अनुमान गरिएको  जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...