back
Naima

नेपालको पहिलो राष्ट्रिय खाद्य बैंकले बोलायो साधारण सभा- आईपीओ निष्कासन पहिलो एजेण्डा

काठमाडौं । नेपालको पहिलो राष्ट्रिय खाद्य बैंक लिमिटेडले यही असोज २५ गते साधारण सभा आह्वान गरेको छ । बैंकको सभा हेरिटेज प्यालेस राधेराधेमा हुने भएको हो ।

उक्त साधारण सभामा बैंकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसबाहेक बैंकले सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायत प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।

राष्ट्रिय खाद्य बैंक लिमिटेडका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार बैंकले पुँजी विस्तार र सर्वसाधारणलाई सहभागि गराउने उद्देश्यले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने भएको हो । सभाबाट प्रस्ताव पारित भएपश्चात् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणबाट पुँजी संकलन गर्ने तयारी थाल्ने छ ।

बैंकले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । खाद्य बैंकले एक अर्ब चुक्ता पुँजी पुर्‍याउनका लागि ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गर्न लागेको हो । आईपीओ मार्फत संकलन गरिएको पैसा खाद्य बैंकले कृषि क्षेत्रमा लगानी गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले भने, ‘आईपीओबाट पुँजी जुटाएर कृषि उत्पादनदेखि ब्राण्डिङमा लगानी गर्छौँ । अहिले कोशीमा दाना उद्योग सञ्चालन गरेका छौँ । थप ६ प्रदेशमा पनि यस्तो उद्योग सञ्चालन गर्ने हाम्रो योजना छ ।’

खाद्य बैंकले निष्काशन गर्ने आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ मूल्य कायम रहने छ । साथै खाद्य बैंकले तेल मिल समेत सञ्चालन गर्ने योजना बनाएको उनको भनाई छ । साथै  बैंकले स्थानिय सरकारसँग समन्वय गर्ने लक्ष्य समेत राखेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...