back
Naima

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सयौं नीजि तथा सार्वजनिक गाडीहरु जलाइएका छन् । तर पूर्ण रुपमा जलेका अधिकांश गाडीहरुको नम्बर प्लेट भने जस्ताको त्यस्तै देखिएका छन् । नम्बर प्लेटमा राखिएका अंकहरु पनि मेटिएका
छैनन् ।

यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार पूर्ण रुपमा गाडी जलेपनि नम्बर प्लेट भने जस्ताको त्यस्तै रहेका प्लेटहरु प्रायः सबै ‘इम्बोस्ट’ नम्बर प्लेटहरु हुन् । उनले विशेष प्रविधिबाट इम्बोस्ट नम्बर प्लेट बनाइने भएका कारण इम्बोस्ट नम्बर प्लेटमा भएको अंक नमेटिने र नजल्ने जानकारी दिए । उनको अनुसार पूराना नम्बर प्लेट, धातु प्लेट माथिबाट, रातो अथवा सेतो कलर गरिन्छ । जसको कारण मेटिता अथवा जल्दा इनामेल मेटिन्छ । इनामेल जल्यो भने स्वतः अक्षर पनि मेटिन्छ, किनभने प्लेटमाथि अक्षरले लेखिएको हुन्छ ।

उनले भने नर्मलमा अव धातु प्लेट माथिबाट कलर गरिन्छ । रातो अथवा सेतो कलर गरिन्छ । त्यसपछि मेटिन्छ । मेटिंदा वा जल्दाखेरी के हुन्छ भने इनामेल मेटिन्छ । इनामेल जल्छ । इनामेल जल्यो भने स्वतः चाहीं अक्षर पनि मेटिन्छ । किनभने त्यो खाले प्लेटमाथि अक्षरले लेखिएको हुन्छ ।’

किन जल्दैन् इम्बोस्ट नम्बर प्लेट ?
निर्देशक तिवारीले विशेष प्रविधिबाट इम्बोस्ट प्लेटलाई कुच्याएर कुनै भाग उठाउने र यसलाई कुच्याएर अंकको शेप दिइने भएको कारण प्लेटहरू जलेपनि अंगहरु देखिने स्पष्ट पारे ।
उनले भने,‘इम्बोस्टमा के हुन्छ भने त्यो प्लेटलाई कुच्याएर विशेष प्रविधिबाट त्यसलाई उठाउने, उठाएर त्यसलाई कुच्याएर चाहिँ अंकको शेप दिइन्छ । जस्तै ०(शुन्य) गर्नुपर्यो भने त्यसलाई कुच्याएर ० गर्नुपर्यो । एक गर्नुपर्यो भने कुच्याएर १(एक) गर्नुपर्यो । त्यसलाई तलमाथि गर्नुपर्यो ।

इम्बोस्टिङ गर्ने भनेको त्यसलाई कोप्ने, कोपेर अथवा अंक, अक्षर बनाउने विधि हो । नर्मल्ली गाडीहरू जल्दाखेरी अब प्लेट त बाहिर हुन्छ । अरू नर्मल टाइपको सामान्य आगोमा बन्ने इनामेलहरू, पेन्टहरू चाहिँ जलेर जान्छ । इम्बोस्टमा भने, धातुमै कोपेर अक्षर, अंकको शेप दिएको हुनाले, त्यो इम्बोस्ट गरेका प्लेटहरू प्रायःजसो जलेपनि अङ्कहरू देखिएको चाहीं पाईन्छ ।’

त्यस्तै उनले इम्बोस्ट नम्बर प्लेटमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा पत्ता लगाउन सकिने सकारात्मक पक्ष रहेको बताए । नविनतम र फरक टेक्नोलोजीबाट इम्बोस्ट नम्बर प्लेटको निर्माण गरिएको उनको दाबी छ ।

उनले थप्दै भने,‘त्यसमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा धेरैजसो पत्ता लगाउन सकेको स्थिति थिएन् । त्यसैले अरू त फरक नै थियो तर टेक्नोलोजी पनि फरक हो । इम्बोस्ट फलामको धातुलाई कुच्याएर बनाइन्छ । पहिला चाहीं पासवर्डहरूमा र ह्यान्ड रिटेन पासवर्डमा पनि अङ्कलाई थोप्ला थोप्ला गरेर बनाएको देखिन्छ । इम्बोष्टमा पेपर अथवा धातु उठेको हुन्छ । धातु हो भने धातु उठेको हुन्छ, पेपर हो भने पेपर उठेको हुन्छ । भौतिक रूपमै प्लेटमै इम्बोस्टिङ गरेर कुच्याएर अङ्क तयार गरिन्छ । अक्षर तयार गरिन्छ । त्योे चाहिँ फरक टेक्नोलोजी हो ।’

साथै, उनले इम्बोस्ट नम्बर प्लेट धातुमै खोपेर, मेसिनले नै कुच्याएर बनाइने भएको हुनाले अक्षर मेटिने भन्ने हुँदैन तर पूरानो नम्बर प्लेटमा भने रङ लेखेको भएर मेटिनसक्ने बताए । उनका अनुसार गाडी जल्दा नम्बर प्लेट नजल्ने भन्ने त हुँदैन् । जल्दा दुईवटै जल्छन् तर कति टेम्परेचरमा जल्ने भन्ने विषय भने हुन्छ ।

उनका अनुसार दुई किसिमको नम्बर प्लेट हुन्छ । इम्बोस्ट गरेको फरक हो, पूरानो जडान गरेको फरक टेक्नोलोजी हो । जल्दा दुईवटै जल्छन् । कति टेम्परेचरमा जल्ने हो त्यसमा निर्भर हुन्छ ।
उनले अगाडि भने,‘जस्तै, तपाईंले हातमा ट्याटु खोप्नु भएको छ भने छाला जल्दा ट्याटु जल्छ नि । तर सामान्यत हातले मेटाएर ट्याटु मेटिँदैन भनेजस्तै, इम्बोष्ट भनेको के हो भने, त्यो धातुमै खोपेर, मेसिनले नै कुच्याएर नम्बरको शेप दिन्छ । पूरानो भनेको तपाईंले गाडी, बाइक किन्नुहुन्छ । बाइकमा प्लेट हाल्दै भन्नुहुन्छ । त्यहाँ खाली प्लेट हुन्छ, त्यसलाई रङ्ग्याउँछ । यदि तपाईंको प्राइभेट नम्बर हो भने उसले प्राइभेट नम्बर दिन्छ । सरकारी नम्बर हो भने सरकारी नम्बर दिन्छ, त्यो नर्मल प्लेट हो । पुरानो भनेको नर्मल प्लेट हो । इम्बोस्ट भने पुरानो र नयाँ भन्ने छैन, सबै एउटै टेक्नोलोजी हो । त्यसमा के हुन्छ भने त्यसमा चाहीं अक्षरहरू कुच्याएर बनाइन्छ ।’

इम्बोस्ट नम्बर प्लेट जलेपछि पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैँन् ?
इम्बोस्ट नम्बर प्लेट जलेर गइसकेपछि फेरि प्रयोग गर्न मिल्दैन, वान टाइम प्रयोग हुन्छ तर यदि नासियो, दुर्घटना भयो भने परिवर्तन गर्न भने मिल्ने पनि उनको भनाइ छ । उनले थपे, ‘सबै जलेर गइसकेपछि फेरि प्रयोग गर्न मिल्दैन भन्ने होइन । वान टाइम प्रयोग हुन्छ । यदि टुट्फुट भयो, नासियो, केही भयो, दुर्घटना भयो भने चेन्ज परिवर्तन गर्ने गरिन्छ । त्यसलाई अब एउटा गाडीमा एउटै खालको नम्बर प्लेट मात्र राखिन्छ । फरक फरक चेन्ज हुँदैन । त्यसैले हामीसँग इम्बोस्टको सबै टेक्नोलोजीहरू, मेसिनहरू जलेको अवस्था छ । त्यस कारण अब तत्काल इम्बोस्ट लागु हुने कुरा भएन, अब तत्काल अर्को निर्णय नभएसम्म सिस्टम नै बन्द भएको हुनाले अहिले त्यो सम्भावना छैन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...