back
Naima

९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसुचक घटेको छ । आज नेप्से पसिुचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कुल ३१९ स्टकको ५ अर्ब २ करोड १० लाख ४ हजार ८१६ रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ । यसअघि बुधबार ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३२.१० रुपैयाँले बढेर ३५३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८०.१९ रुपैयाँले बढेर १५७३.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८.९५ रुपैयाँले बढेर ३२१.४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सानीमा ग्रोथ फण्डको शेयर मूल्य ०.२९ रुपैयाँले बढेर प्रतिकित्ता १०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन जनउत्थान सामुदयिक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.५३ प्रतिशतले घटेर ५७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, पञ्चकन्या हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशतले घटेर ३९६.०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिमालयन रिइन्स्योरेन्स,  बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...