back
Naima

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

काठमाडौँ । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोड मात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋण समेत घटेको छ । आ.व. २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७.७८ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो । लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो । अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो । अघिल्लो आवमा सरकारले वैदेशिक सहायतातर्फ २ खर्ब ६२ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो ।

उक्त आवमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६.९८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थ मन्त्रालयको तथ्याङ्कले प्रस्ट देखाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...