back
skip this gaugauma singhadarbar

गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’

काठमाडाैं । गोरखा ब्रुअरी प्रालिले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ।

यो सम्मान सम्माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले प्रदान गरेका हुन्। पुरस्कारमार्फत गोरखा ब्रुअरीले आफ्ना उत्पादन र सञ्चालन प्रक्रियामा उच्चतम स्तरको सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिइएको हो।

गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले भने “सुरक्षा हाम्रो पहिलो र सधैं प्राथमिकता हुनेछ। यो सम्मानले हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमलाई प्रतिबिम्बित गरेको छ, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। हाम्रो शून्य(दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन, यो हाम्रो दैनिक कार्यशैली हो।” यो सम्मानले कम्पनीले विगतदेखि प्राथमिकतामा राख्दै आएको सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू, र राष्ट्रिय श्रम सुरक्षा नियमावलीप्रति गरिएको दृढ पालना उजागर गर्छ। यसले नेपालकै ब्रुअरी उद्योगका लागि नयाँ मानक स्थापित गरेको छ।


शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:५१

काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन...

कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...