back
skip this gaugauma singhadarbar

३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि राष्ट्र बैंकले ९आज० बुधवार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।


अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

वि.सं.२०८२ भदौ १७ मंगलवार १३:३३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका...

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

वि.सं.२०८२ भदौ १५ आइतवार १३:३२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र...

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

वि.सं.२०८२ भदौ १५ आइतवार ११:००

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही...

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

वि.सं.२०८२ भदौ ५ बिहीवार १९:३७

काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक...

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

वि.सं.२०८२ भदौ ५ बिहीवार १४:०८

काठमाडौँ । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको...

गण्डकी प्राविधिक शिक्षालयको विकासका लागि कोरियाको  १ अर्ब २५ करोड सहयोग

गण्डकी प्राविधिक शिक्षालयको विकासका लागि कोरियाको  १ अर्ब २५ करोड सहयोग

वि.सं.२०८२ भदौ ४ बुधवार १७:४९

काठमाडौं । ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत...