back

अमेरिकी बजारमा निर्यात बढाउन १० प्रतिशत शुल्कको उपयोग गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरणप्रकाश शाखले अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबाट आफूहरु चिन्तित भए पनि यसको लाभ नेपालले लिनसक्ने बताएका छन् । नेपाललाई अमेरिकाले १० प्रतिशत मात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन सकिने भनेको भनाइ छ ।

संघको २४ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष शाखले भने, “छिमेकी मुलुकहरूले उच्च शुल्क भोगिरहेका बेला नेपाल अहिले १० प्रतिशत आधारभूत शुल्कको दायरामा छ, जसले अमेरिकी बजारमा निर्यात बढाउन तुलनात्मक फाइदा दिएको छ ।”

संयुक्त राज्य अमेरिका नेपालको प्रमुख व्यापारिक साझेदारहरूमध्ये एक हो । हाम्रो मुख्य निर्यात वस्तुहरूमा कार्पेट, रेडिमेड कपडा, हस्तकला, छुर्पी (डगच्यू), पस्मिना र ऊनी फेल्ट पर्छन् ।

नेपालले गत आर्थिक वर्षमा अमेरिकातर्फ १८ अर्ब ३२ करोडको सामान निर्यात गरेको छ । निर्यात गन्तव्यका आधारमा अमेरिका भारतपछिको दोस्रो हो ।

संघ अध्यक्ष शाखले नेपाल ट्रेड प्रेफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत अमेरिकी बजारमा ७७ वस्तुमा ३१ डिसेम्बर २०२५ सम्म शुल्कमुक्त सुविधा पाए पनि राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशद्वारा यो सुविधा खारेज गरिएको बताए ।

नेपाल सरकारले अझै यसबारे कदम चाल्न बाँकी रहेको र यसको निरन्तरताको पक्षमा आफूहरु रहेको उनको भनाइ छ ।

“२०२५ डिसेम्बरमा एनटीपीपी म्याद सकिँदै गर्दा, अहिले पनि निर्यातकर्ताहरूले १० प्रतिशत आधारभूत शुल्क तिर्नुपरेको छ, यसैले शुल्कमुक्तको व्यवस्था व्यवहारमा लागू छैन,” उनले भने ।

नेपाल अमेरिका चेम्बर अफ कमर्सले टिफा (ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट) परिषद् बैठकका लागि नेपाल सरकारलाई सल्लाह र सुझाव दिइरहेको उल्लेख गर्दै उनले  टिफाअन्तर्गत गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न पनि जोड दिइरहेको बताए ।

कार्यक्रममा चेम्बरले विभिन्न नेपाली निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । जसमा आठ वटा विधामा उत्कृष्ट निर्यातकर्ता र आयातमा पनि सम्मान गरिएको थियो ।

कार्पेट, रेडिमेड कपडा, हस्तकला, ऊनी फेल्ट, पास्मिना, छुर्पी  तथा अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने र उत्कृष्ट स्टार्टअप उद्यमी तथा उत्कृष्ट महिला उद्यमीजस्ता विधा रहेका छन् ।

चेम्बरले आफ्ना सदस्यमध्ये आठ जनाले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको भन्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...