back

नेपालका ६ विद्युत आयोजनामार्फत थप दुई सय मेगावाट बिजुली किन्दै भारत

काठमाडौं । भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ । भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली भारत निर्यात गर्नेछ । यो निर्णय हरियाणा राज्यलाई लक्षित मध्यकालीन सम्झौता अन्र्तगत (चार वर्ष) का लागि गरिएको हो ।

नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गरिरहेको थियो । भारतले अब थप विद्युत आयात गर्ने भएसँगै नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यात हुनेछ । जसमा हरियाणा राज्यलाई ४३५.२ मेगावाट बिजुली बिक्री हुनेछ ।

उक्त विद्युत आगामी अक्टोबरसम्म बिक्री गरिने छ र यसको बिक्रीदर प्रतियुनिट ८.७२ रुपैयाँ ७२ हुनेछ । यस बाहेक नेपालले बंगलादेशमा समेत ४० मेगावाट बिजुली विक्री गर्दै आएको छ । नेपाल सरकारको उर्जा विकास मार्गचित्र अनुसार नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । त्यसमध्ये १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र बाँकी १३ हजार ५ सय मेगावाट विद्युत देशभित्रै खपत गर्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणका अनुसार नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...