back

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ ।

सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो ।

सोमबार १.९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अंकले बढेको छ । आज फ्लोट इण्डेक्स पनि २.३६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२७ अंकले बढेको छ ।

यसदिन सामुदायिक लुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तिको शेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

न्यादी हाइड्रोको शेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन धेरै कमाउनेमा बरुण हाइड्रो, राप्ती हाइड्रो र सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था पनि रहेका छन् ।

यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यसको शेयर मूल्य आज २.१३ प्रतिशतले अर्थात १ हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैंयाँ र २९.९७ रुपैयाँले घटेको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चर, राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र सप्तकोशी विकास बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...