back
himalayan life

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा स्तरोन्नती प्रक्रियाले  विश्वसनीयता वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्ने बताउनु भएको छ ।

विहिबार काठमाडौँमा आयोजना गरिएको नेपालको अतिकम विकसित ्मुलुकबाट स्तरोन्नती ः नेपालको सहज स्तरोन्नती रणनीति चुनौति तथा आगामी कार्यदिशा विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशालामा बोल्नु हुँदै उपाध्यक्ष अधिकारीले स्तरोन्नती सहित  दीर्घकालीन र टिकाउ रूपान्तरणका लागि रणनीतिक तयारी पनि आवश्यक रहेको बताउनु भयो ।

उहाँले यस कार्यशालाले नेपालको प्रगतिबारे पुनरावलोकन गर्ने, आगामी चुनौतीहरूको मूल्याङ्कन गर्ने, र नेपालको स्तरोन्नती योजनासम्बन्धी केन्द्रित छलफल तथा आवश्यक कार्यहरू तय गर्ने समयसापेक्ष र महत्त्वपूर्ण अवसर समेत भएको बताउनु भयो । 

उपाध्यक्ष अधिकरीले अघिल्ला मूल्याङ्कनहरूभन्दा फरकरुपमा  नेपालले आम्दानीको मापदण्डमा तीनवटै आवश्यक मापदण्डहरू समेत पूरा गरेको बताउनु भयो । 

“हामीले उल्लेखनीय प्रगति गरेका छौं, अब अझ बढी लगानी, प्रयास, र स्पष्ट राष्ट्रिय दिशाको आवश्यकता छ, यो नेपालको क्षमताको प्रदर्शन गर्ने समय हो” उपाध्यक्ष अधिकारीले भन्नु भयो ।

उहाँले न्यून उत्पादकत्व, कमजोर आर्थिक विविधिकरण, ढिलो संरचनागत रूपान्तरण र जलवायु संकटप्रति संवेदनशीलता जस्ता अझै केही चुनौतीहरू समेत रहेको बताउँदै अबको लक्ष्य केवल स्तरोन्नती हुनु मात्र नभइ त्यसलाई सहज, गुणस्तरीय र दीर्घकालीन बनाउनु पर्ने धारणा राख्नु भयो । 

उपाध्यक्ष अधिकारीले यस रूपान्तरणलाई मार्गनिर्देशन गर्न नेपाल सरकारद्वारा तयार पारिएको “सहज रूपान्तरण रणनीति ( Smooth Transition Strategy ) एउटा समग्र रूपरेखा भएको  जसले जोखिम व्यवस्थापन, अवसरको उपयोग, र द्विविधाहरूसँग सामना गर्न मद्दत पुर्याउने समेत बताउनु भयो ।

“नेपाल अहिले एउटा ऐतिहासिक मोडमा छ, अति कम विकसित राष्ट श्रेणीबाट स्तरोन्नती हुनु हाम्रो प्रगतिको एक महत्वपूर्ण मान्यता हो,यसले हाम्रो विकास यात्रामा नयाँ मोड ल्याउँछ, र आर्थिक सूचकांक, मानव विकास, तथा लचिलोपनमा देखिएको वास्तविक प्रगतिलाई प्रमाणित गर्दछ” उपाध्यक्ष अधिकारीले भन्नु भयो ।

उपाध्यक्ष अधिकारीले राष्ट्रिय योजना आयोगले यस परिवर्तनलाई साथ दिन आवश्यक पहलहरू सुरु गरिसकेको भन्नु हुँदै  विकास परियोजनाहरूको पुनरावलोकन तथा प्राथमिकताकरण गरिरहेको,राष्ट्रिय परियोजना बैंक सुदृढ गरेको, र वित्तिय संघीयताकोे कार्यान्वयनतर्फ अघि बढिरहेको हुँदा यस्ता  प्रयासहरूले लगानी बढाउन, स्रोतको सदुपयोग गर्न, र लचिलो तथा उत्पादक अर्थतन्त्र निर्माण गर्न मद्दत पु¥याउने दाबी गर्नु भयो ।

 साथै, आयोगले १६ औं योजना, दिगो विकास लक्ष्य ( SDGs ), र सहज रूपान्तरण रणनीति  लागू गर्दा समन्वय, प्रभाव र द्विविधाहरूको मूल्याङ्कन गर्दै अगाडि बढिरहेको र योजना परिपूर्ण नतिजामा केन्द्रित होस् भनेर रणनीतिक सम्बन्धलाई कायम राख्न प्रयासरत रहेको समेत बताउनु भयो । 

राष्ट्रिय योजना आयोग र युएन इस्कयापको सह आयोजनामा काठमाडौँमा भएको कार्यशाला दुई दिन सम्म चल्ने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...