back
himalayan life

सूर्यविनायक–३ मा सार्वजनिक सुनुवाई कार्यक्रम: बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिनाउन विकास गर्ने

भक्तपुर । वडागत सार्वजनिक सुनुवाई कार्यक्रम बालकोट स्थित सूर्यविनायक नगरपालिका वडा नं ३ को सभाहलमा मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना सूर्यविनायक नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, वडाबासी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

स्थानीय शासनलाई अझ जनमुखी र उत्तरदायी बनाउने उद्धेश्यले  आयोजित कार्यक्रममा प्रश्न सोध्ने, जिज्ञासा राख्ने र सुझाव दिनेहरुको संख्या उल्लेख्य थियो ।

कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र केसी प्रमुख अतिथिका रूपमा सहभागी थिए । वडासदस्यहरू घनश्याम भट्टराई, जनक भण्डारी, हेमा दहाल खतिवडा, वडा सचिव शेषराज दहाल, शहरी स्वास्थ्य केन्द्र बालकोटका प्रमुख सुशील घिमिरे, बालकोट खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लबकुमार कार्की, प्रहरी प्रभाग बालकोटका प्रमुख हरिबहादुर खड्का, वरिष्ठ इन्जिनियर जनक न्यौपाने, वडाका इन्जिनियर रामजी दाहाललगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूले आ–आफ्नो विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख वक्ता वडाध्यक्ष दिपेन्द्र केसीले पछिल्लो एक वर्षमा वडाले गरेका भौतिक पूर्वाधार निर्माण, सेवा प्रवाह र समग्र विकास सम्बन्धी विस्तृत विवरण प्रस्तुत गरेका थिए। उनले भौतिक विकासदेखि जनतालाई दिई रहेको सेवा, सुविधाका सम्बन्धमा लामो जवाफ पस्केका थिए ।

वडा सचिव शेषराज दहालले कार्यालयबाट प्रदान गरिने सेवा, राजस्व व्यवस्थापन र प्रशासनिक कार्यबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षण खुला प्रश्नोत्तर सत्र रह्यो। १५ जना सहभागीहरूले सरोकारका विषयमा जिज्ञासा, गुनासो र सुझावहरू राखेका थिए । ती प्रश्नको उत्तर वडाध्यक्ष, सचिव, वडा सदस्यहरू, स्वास्थ्य, खानेपानी र इन्जिनियरिङ क्षेत्रका सम्बन्धित अधिकारीहरूले दिएका थिए । नगरपालिकाले भौतिक निर्माण सम्बन्धमा गरेको विकास वारे नगरपालिकाका बरिष्ठ इन्जिनियर जनक न्यौपानेको प्रस्तुति आकर्षक थियो । उनले बालकोट क्षेत्रमा एकसाता भित्र सिसिटिभी जडान गरिसक्ने समेत जानकारी दिएका थिए ।

बालकोट क्षेत्रलाई भक्तपुरको ‘बानेश्वर’ भनेर चिन्ने अभिव्यक्तिसहित कार्यक्रमले अहिलेको तीव्र शहरीकरण, बसोबासको बढ्दो चाप र जीवनशैलीको रुपान्तरणका विषयमा समेत बहसको खाका तयार गरेको थियो । कार्यक्रम मार्फत संघीयताको अभ्यास अन्तर्गत ‘गाउँ–गाउँमा सिंहदरबार’ नारालाई व्यवहारमा उतार्न वडाको प्रयास कति प्रभावकारी रहेको छ भन्ने विषयमा समेत समीक्षा गरियो ।


आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले मन्तब्य राखेका थिए ।  राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...