back
himalayan life

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता सुरु गरेको छ।

यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका विद्यार्थीहरूका लागि मात्र खुला गरिएको छ। विद्यार्थीहरूले आफ्नो सिर्जनामा आधारित वेबसाइट तयार गरी जेठको अन्तिम साता भित्र बुझाउनुपर्नेछ। सहभागी हुन कुनै शुल्क लाग्ने छैन।

लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलका अनुसार, यो प्रतियोगिता केवल वेबसाइट बनाउने अभ्यास मात्र नभई जीवन बनाउने प्लेटफर्म हो। “हामी यो कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबको पाना मात्र होइन, व्यवहारको प्लेटफर्ममा लैजान चाहन्छौँ,” पोखरेलले भने, “सूचना प्रविधि सिक्न एउटा सीप हो, तर त्यसलाई प्रयोग गरेर सोच बदल्नु दृष्टिकोण हो। हामी त्यो दृष्टिकोण दिन चाहन्छौँ।”

कार्यक्रम संयोजक लक्ष्मी खत्रीले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै भनिन्, “यो प्रतियोगिता केवल कम्प्युटर चलाउने कुरा होइन। विद्यार्थीहरूले वेबसाइट बनाउने सीपसँगै आफ्नो सोच प्रस्तुत गर्न सक्ने आत्मविश्वास र सार्वजनिक प्रस्तुतीकरणको अभ्यास पनि सिक्छन्।” उनका अनुसार प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई प्राविधिक अभिमुखीकरण तालिम, मार्गदर्शन सामग्री, र युनिक कोड प्रदान गरिनेछ, जसको माध्यमबाट मूल्याङ्कन सहज र पारदर्शी तरिकाले गरिनेछ।

प्रतियोगितामा पठाइएका वेबसाइटहरूमध्येबाट उत्कृष्ट २० जना विद्यार्थीहरू छनोट गरिनेछन्, जसबाट अन्ततः एक जनालाई मुख्य विजेता घोषणा गरिनेछ। विजेतालाई ल्यापटप प्रदान गरिनेछ भने अन्य उत्कृष्ट स्थान प्राप्त गर्नेहरूलाई पेन्ड्राइभ तथा अन्य सूचना प्रविधिसम्बन्धी सामग्रीहरू पुरस्कारस्वरूप प्रदान गरिनेछ।

लाइफ कम्प्युटरले वि.सं. २०६८ सालदेखि सूचना प्रविधिको क्षेत्रमा सेवा दिँदै आएको छ भने वेबसाइट निर्माण प्रतियोगिता २०७४ सालदेखि सञ्चालन हुँदै आएको हो। गत वर्ष सम्पन्न सिजन ६ मा देशभरका विभिन्न जिल्लाबाट १,१०२ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा हिमालयन एकेडेमी सामाखुसीका विद्यार्थी योगेश स्माली मुख्य विजेता भएका थिए।

प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरूले लाइफ कम्प्युटरको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरी वा अनलाइन माध्यमबाट आवश्यक जानकारी लिएर सहभागिता जनाउन सक्नेछन्। SEE दिएर भविष्यको बाटो खोजिरहेका विद्यार्थीहरूका लागि यो प्रतियोगिता एउटा अवसर मात्र नभई नयाँ सम्भावनाको ढोका हो।

संगठनका अनुसार प्रतियोगिताको अन्तिम मूल्याङ्कनपछि विजेताको घोषणा असारको दोस्रो साता भव्य कार्यक्रम आयोजना गरी सार्वजनिक गरिनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...